२० बैशाख, काठमाडौं ।

मन्त्रिपरिषद्को आजको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल (२६ गेजको) जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

के बौद्ध सम्मेलनमा नेपाल आउलान् मोदी ?

बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिए ।

हारको कीर्तिमानपछि अमेरिकामा भौतारिँदै रामचन्द्र पौडेल

यसैगरी बैठकले मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

गच्छदारका कार्यकर्ता चढेको बस दुर्घटना

बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल , उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर हुनुहुन्छ छन् । रासस