आइतबार (मे २) अनुष्का शर्माको जन्मदिनको अवसरमा उनको आउन लागेको नयाँ चलचित्र ‘सुल्तान’को दोस्रो टीजर रिलिज भएको छ। टीजरमा अनुष्काको कुस्तिबाज देखाइएको छ, जसमा उनलाई अन्य पहलवानहरूलाई पछार्दै गरेको देख्न सकिन्छ। यो भन्दा पहिले रिलिज गरिएको टीजर पूर्ण रूपमा सलमान खान वरिपरि घुमेको थियो।Anushka Sharma in Sultan

टीजरमा गरिएको छ महिला सशक्तिकरणको कुरा…

नयाँ टीजरमा महिला सशक्तिकरणको झलक देखाउने प्रयत्न गरिएको छ। भिडियोको सुरुवाती डायलग यस्तो रहेको छ- “यो देशको प्राण नै यस देशका महिलाहरू हुन्। यिनीहरूको कुरा नै भिन्नै छ। यिनीहरूलाई हेर्दा जति कोमल देखिन्छन्, त्योभन्दा कैयौँ बढि ताकत छ यिनीहरूको हातमा। हामी मर्दले माने पनि नमानेपनि, साँचो कुरा यहि हो।”

अलि अब्बास जफर निर्देशित ‘सुल्तान’मा सलमान खान र अनुष्का शर्मा प्रमुख भूमीकामा देखिनेछन् भने यहि आउँदो ईदमा चलचित्र रिलिज हुने बताइएको छ।

हेर्नुहोस् सुल्तानको दोस्रो टीजर भिडियो–

यो पनि हेर्नुहोस्-
पहलवानलाई पछार्दै अनुष्का- ‘सुल्तान’को अर्को पोस्टर रिलिज
अनुष्काको कठोर निर्णयले थपियो विराटलाई पिडा
‘के कारणले सुल्तान खेल्नुभयो?’ भन्ने प्रश्नमा सलमानले दिए प्रेरणादायी जवाफ