२० बैशाख, काठमाडौं ।

हारमाथि हार र फेरि हारको कीर्तिमानपछि भौंतारिएका कांग्रेस नेता रामचन्द्र पौडेल यतिखेर अमेरिकामा सुस्ताउँदै छन् ।

प्रधानमन्त्रीको चुनावमा १८ पटकसम्म पनि बहुमत पुर्याउन नसकी आलोचना खेपेका पौडेल सभापति र संसदीय दलको नेतामासमेत पछिल्लो एक महिनामा पराजित हुनुपरेपछि तीन साता लामो भ्रमणमा अमेरिका पुगी यतिखेर सुस्ताइरहेका छन् ।

RC Paudel

प्रमुख प्रतिपक्षी दलका रुपमा यतिखेर नेपालमैं बसी खरो रुपमा उत्रिनुपर्ने, संविधान कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने भए पनि पौडेल छोरीको छोराको पास्नीको लागि भन्दै तीन सात बस्ने गरी केही दिन अघि अमेरिका उडेका थिए । ‘निरन्तरणको राजनीतिक दौडधुपपछि उहाँलाई केही आरामको जरुरत थियो, त्यसैले नातीको पास्नी पनि परेको र केही दिन डुल्ने घुम्ने कामका लागि अमेरिका जानुभएको हो’ पौडेल निकट स्रोत भन्छ, ‘रिफ्रेस हुनका लागि पनि केही दिन उहाँको घुम्ने तयारी छ ।’

रामचन्द्र पौडेल किन पुगे प्रचण्डको दैलोमा ?

पौडेलले घुम्दै र भेटघाट गरेको फोटोसमेत फेसबकुममा सार्वजनिक भएको छ । पौडेलले आइतबार मात्र फ्लोरिडामा घुमघामका क्रममा वेद खरेलसँगको फोटो फेसबुकमा हालेका छन् । घुमघामका क्रममा पनि पौडेलले दौरा सुरुवाल नै लगाएका छन् ।

के–के छन् कार्यक्रम ?
पौडेल विभिन्न राज्य घुम्नुका साथै नेपाली जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन् । कांग्रेसका विदेशस्थित सम्पर्क समितिहरुमा सधैं विवाद हुने भएकोले अमेरिकामा रहेको विवादलाई पौडेलले मिलाउने प्रयास गर्ने बुझिएको छ । पौडेल खेमाकै महामन्त्री डा. शशांक कोइराला पनि यतिखेर अमेरिकामै छन् । लामो भ्रमणमा रहेका उनले पनि जनसम्पर्क समितिको विवाद मिलउन पहल गर्ने बुझिएको छ । उनी ५ जेठमा नेपाल फर्कनेछन् ।

तनावमा पौडेल
पौडेललाई नजित्ने प्रधानमन्त्रीको लागि १८ पटकसम्म उम्मेदवार बनाइयो । तर उनी जितेनन् । पछि कांग्रेसले प्रधानमन्त्री पाउने पक्कापक्की हुँदा पौडेल होइन उम्मेदवार बन्दै सुशील कोइराला प्रधानमन्त्री बन्न पुगे ।

सुशीलको निधन भएपछि मात्र पौडेलले कांग्रेसमा एक पक्षको उम्मेदवार हुन पाए । तर, अन्तिममा उम्मेदवार बनेपछि उनले तयारी नै गर्न सकेनन् । टिमलाई खुशी पार्न सकेनन् । आफ्नै पक्षका बिच्किए । परिणामः सभापतिमा हार बेहोरे । तर, महामन्त्रीमा आफ्नो पक्षका शशांक विजयी भए । यसले पनि पौडेल तनावमा पुगे ।

ओली र प्रचण्डसँग जंङ्गिए देउवा

सभापतिमा हारेको ठ्याक्कै एक महिनामा संसदीय दलको निर्वाचन भयो तर, यसमा पनि पौडेल नराम्ररी पछारिए । देउवाले दुई तिहाई मत ल्याएर सानदार जित निकाल्दा पौडेललाई नेताहरुले नरुचाएको सन्देश गयो ।

आफ्नो बल र शक्ति कोइराला परिवार नै हो भन्ने बोध बुझाई पौडेललाई छ । तर, यसपटक शशांक लोकप्रिय हुँदै महामन्त्रीमा जितेपछि अबका चारपाँच वर्षपछि हुने पार्टीको चुनावमा पौडेललाई पहिलो रोजाइको नेता बन्दै अगाडि बढ्न पक्कै सजिलो छैन । यसकारण पनि उनी तिल्मिलाएका छन् । ‘रामचन्द्र दाईलाई अवसर नआएको होइन आएको हो । प्रधानमन्त्री, सभापति र दलको नेतामा उहाँलाई अघि सार्दा पनि पूरा क्षमता देखाएर सफल हुन सक्नुभएन’ कांग्रेसका एक नेता भन्छन्, ‘संसदीय दलमा समेत आफैं अघि बढेर चार वर्ष आफू प्रमुख नेता भएको सन्देश दिन सफल हुनुभयो तर, चार वर्षपछि उहाँलाई अघि सार्न कोही पनि तयार हुँदैनन् ।’ अब फेरि कोइरालाहरु अगाडि आइसकेपछि पौडेलका लागि एउटा पक्षबाट सबैभन्दा ठूलो नेताको लागि दाबी गर्ने आधार अब नभएको ती नेता बताउँछन् ।

गुटबन्दी र भागवण्डाले कांग्रेसलाई पक्षघात गरायोःरामचन्द्र पौडेल (घोषणा पत्र सहित)

यस्तो बुझेका पौडेललाई कसरी सबैलाई मिलाएर अझै आफू नेता बन्ने भन्ने चिन्ता छ । तर, कृष्णप्रसाद सिटौला, कोइराला परिवारको गुट, प्रकाशमान सिंह, रामशरण महतहरुको आफ्नै समूह सबै छरिएकाले पौडेललाई पक्कै पनि अब सजिलो नहुने चर्चा कांग्रेसमा गरिन थालिएको छ ।