काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले आपुर्तिमन्त्रीप्रति आक्रोश पोखेको छन् । संस्थागत कालोबजारी गरेका भनेर गम्भिर आरोप लागेका आयल निगमका पदाधिकारी कारवाही प्रक्रिया अघि बढाएपछि अख्तियार आपुर्तिमन्त्रीसँग रिसाएको हो ।

आपुर्ति मन्त्रालय काम गर्न असफल भएको भन्ने शैलीमा आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चुनौतीपूर्ण भाषामा भने, ‘सके काम गर्नुपर्‍यो, नभए हात उठाएर सक्दिन भन्नुपर्‍यो।’ प्रवक्ता पुस्करले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनको नीजि सचिवालयबाट तोक लगाएर इन्धन र पेट्रोलियम पदार्थ बाडिएको आरोप समेत लगाए । यो विषयमा अख्तियारले छानविन गरिरहेको समेत उनले बताए ।

aktiyar prabakta puskar

अख्तियारका प्रवक्ताले आयल निगमका केही पदाधिकारीहरुमाथि हचुवाको भरमा कारबाही हुन लागेको टिप्पणी गर्दै भने, ‘कानुनी प्रक्रिया र कार्यविधीको पालना नगरी कारबाही गर्दा आरोपितहरु भोली अदालतबाट पुनर्स्थापित हुने खतरा रहन्छ,’ ।

Ganeshman Pun

आपुर्ति मन्त्री पुनले आयल निगमबाट संस्थागतरुपमा नै इन्धनको कालोबजारी भैरहेको र विभिन्न अनियमिता गरेको आरोप लागेपछि आयल निगमका कार्यकारी निर्देशक गोपाल खडका र अन्य पदाधिकारीलाई कारवाही गर्ने तयारी गरेका छन् । देश संकटमा परिरहेको समयमा झनै संकट बढाएर बिराट आयल लाई महंगोमा इन्धन ल्याउन दिन कँस्सिएका र राज्यको पैसा दिइसकेका गोपाल खड्का र विभिन्न डिपोमा बसेर इन्धनमा अनियमिता गर्ने अधिकारीमाथि कारवाहीको तयारी गरिरहेको समयमा अख्तियारले औंला उठाएको हो ।

के हो रहस्य ?

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् । एमाओवादीमा आपुर्ति मन्त्री पुनलाई असयोग गर्दै करोडौं कुम्ल्याउन खोजेको आरोप लागिसकेका उनले आपुर्तीमन्त्रीलाई असयोग गरिरहेको निगम भित्रका कर्मचारी नै बताउँछन् । आफूलाई आपुर्ति मन्त्री पुनले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले समेत छुन नसक्ने भन्दै आफु मातहतका कर्मचारीलाई धम्काउने गरेको समेत श्रोतले बतायो ।

Gopal Khadka Oil Nigam 1

यस अघि उनको समेत लगानी रहेको बिराटनगरको बिराट पेट्रोलियमलाई देशलाई ठूलो नोक्सानी गर्ने गरि इन्धन ल्याउनका लागि दिएको टेण्डर रोक्न परेपछि पेट्रोल सकिएको भन्दै पत्रकार सम्मेलन गरेका गोपाल खड्काले इन्धनलाई कालोबजारीमा परिचालन गरिरहेको प्रमाण पनि भेटिएको छ । भारतसँगको बलियो लबिङ भएका मानिएका गोपाल खड्कासँग बिराट आयलमा अर्का एक भारतीय ब्यापारी समेत साझेदार रहेको बताइन्छ । निहुँ खोजे अख्तियारको प्रयोग गर्ने भन्दै उनले घुमाउरो चेतावनी समेत दिने गरेको बताइन्छ ।

आयल निगमबाटै इन्धनको कालोबजारी, कार्यकारी निर्देशक खड्कामाथि गम्भिर प्रश्न

बिराटलाई ठेक्का दिएमा भारतबाट जसरी पनि इन्धन ल्याउन सक्ने दावी गरेका गोपाल खड्काले चीनबाट इन्धन ल्याउन आनाकानी गर्दै विभिन्न अडचन थापेपछि आपुर्तिमन्त्री पुनले चीन गएर आफै डिल गरेका थिए । संकटमा समाधान खोज्न लागि परेका मन्त्री पुनलाई गोपाल खड्काकै कारण विभिन्न झन्झटको सामना गर्न परिरहेको मन्त्री पुन निकट एक नेताले हेडलाइन्सलाई जानकारी दिए । पछिल्लो समयमा अख्तियारले मन्त्री पुनमाथि उठाएको औंला पनि रहस्यमय देखिएको विश्लेषकहरुले बताएका छन् ।

आयल निगमका कार्यकारी निर्देशकविरुद्ध प्रदर्शन, बर्खास्त गर्न माग

गोपाल खड्कालाई कारवाही गर्न माग गर्दै विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरिसकेका छन् भने सबैतिरबाट उनलाई हटाउन माग भैरहेको छ ।

आयल निगमका कर्मचारीलाई कारवाही गर्ने आपुर्ती मन्त्री पुनको तयारी