८ कात्तिक, काठमाडौं । नबलपरासी (पश्चिम)मा एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् ।

६५ वर्षीया आमा कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सरावल गाउँपालिका–३ गोहीनी गाउँ बस्ने ४४ वर्षीय दिर्घ नारायण लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गत असोज ३० गते घरायसी विबादको कारण दिर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै आमको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।