८ कात्तिक, काठमाडौं । राजधानीको कालिमाटीमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको छ ।

प्रहरीले छापा मार्दा कालिमाटीस्थित रामदी रौनियारको टहरोबाट ललितपुर मंगलबजार घर भएका ३६ वर्षीय सुमन महर्जन समेत १२ जना जना जुवाडे पक्राउ परेका छन् ।

उनीहरुको साथबाट १ लाख २२ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित बरामद गरिएको छ । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।