काठमाडौं ।

तीन वर्षपछि नेपालले आफ्नै घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा नेपालले हौसिनुपर्ने हो । तर, हौसिनुपर्ने राष्ट्रिय लज्जा हुने गरी नेपालमा यसपटक क्रिकेट प्रतियोगिता हुँदैछ ।

आफ्नै देशमा आयोजित क्रिकेटमा क्यान गायव

सर्वोच्च संस्था क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)को कुनै संलग्नता र सहयोगविना क्रिकेटको सर्वोच्च संस्थाको पहलमा विश्व क्रिकेट लिग डिभिजनको खेल हुँदैछ । नेपालले नामिबियाविरुद्ध बैशाख ४ र ६ मा विश्व क्रिकेट लिग डिभिजन क्रिकेट खेल्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद्ले केही सहकार्य गर्दै गर्दा नेपाली क्रिकेटको आधिकारिक निकाय भने, जाल, झेल र विकृतिले जकेडिएको छ ।

Bhawana ghimire CEO CAn

क्रिकेट संघ क्यानकी सिइओ भावना घिमिरे

जुनसुकै देशमा आन्तरिक खेलकुद हुँदा त्यो देशको सम्बन्धित खेलको संस्थाले आयोजना संचालनको लागि अगाडि आउनुपर्ने हो । तर, नेपाली क्रिकेटमा अहिले क्यान हराएको छ । यसलाई ‘क्यान’ होइन, ‘नटक्यान’ भन्न थालिएको सामाजिक संजालमा कुरा उठ्न थालेका छन् । कतिसम्म भने त्रिभुवन क्रिकेट मैदानमा हुने खेलको टिकट अनलाइनबाट बिक्री हुँदैछ । यो आधुनिक क्रिकेटकोलागि राम्रो अभ्यास हो । अनलाइनबाट टिकटको बिक्री इसेवाले गरिरहेको छ ।

पोखराबाट प्रचण्ड र ओलीले भारतलाई प्रहार गरेको चिनियाँ अस्त्र

क्रिकेट अवधिभरलाई आइसिसीले क्यानलाई कतै पनि चिन्ने छैन, चिन्ने छ त केबल इसेवालाई । प्रतियोगिताका सबै आधिकारिक तयारीमा इसेवाकै छाप देख्न सकिन्छ । कतिसम्म भने प्रतियोगिताको समाचार संकलन गर्ने प्रेस प्रतिनिधिको परिचयपत्रमा समेत इसेवाले नै आधिकारिक प्रतियोगिता गर्न लागे जसरी उसकै ठूलो छाप लगाइएको छ । इसेवाले यसपटक एक सय रुपैयाँका दरले १५ हजार टिकट बेच्दैछ ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड

क्यानविना नै आइसिसीले नेपाललाई यो अवसर दिएको हो । तर, क्यानको मायाले होइन, नेपालमा क्रिकेटको क्रेज र प्रतियोगितामा देखिने दर्शकको उल्लेख्य उपस्थितिले हो । यस्तो लाचारीले राम्रो प्रदर्शनको आशा कसरी गर्न सकिन्छ भन्नेमा नै दबाब र तनाव उत्पन्न भएको छ । अझ पहिला खेल चारवटमै पराजित भएपछि नेपाल दबाबमा पर्नेछ । भर्खरैमात्र नामिबिया बलियो अफगानिस्तानसँग खेलेर नेपाल आएको छ । लिग डिभिजनामा प्रतिस्पर्धा गर्नु अघि नेदरल्याण्डले पनि अफगानिस्तासँग खेल्दैछ । तर, नेपाली क्रिेकटलाई व्यवस्थित गर्ने र खेलाडीलाई एक्सपोजर दिने काम भएकै छैन ।

क्रिकेटमा वामे सर्दै गरेको नेपाललाई यस्ता साना लाग्ने विषयले दीर्घकालीन असर पुर्याउन सक्छ र, परिणाम तीन वर्षमा होइन, ६ वर्षमा यस्तो आयोजनाको अवसर नआउँन सक्छ ।

आखिर किन भयो यस्तो
आइसिसीले नेपाली क्रिकेटलाई सधैं आन्तरिक विवाद मिलाउन भन्दै आएको हो । तर, राजनीतिक तिकडम र भागबण्डाले ग्रस्त नेपाली क्रिकेटमा पछिल्लो समय झन् क्यानमा दुई पक्षले आफू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् । यस्तोमा आइसिसीले दुवैलाई मान्यता दिएको छैन ।

nepali cricket team 1

चतुरबहादुर चन्दले आफ्नै अध्यक्षतामा गत मंसिरमा एउटा क्यान गठन भयो । तर, अर्कोले रुचाइदिएन । तर, यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो स्वीकृतिविना भएको भन्दै मान्यता दिएन । त्यसैमा टेक्दै रमेश सिलवाल अध्यक्ष रहने गरी पुस १७ गते अर्को क्यान गठन भएपछि विवाद गम्भीर रुप मात्र लिएन । दुवैलाई आइसिसीले नमान्ने उद्घोष गरिदियो ।

अब के हुन्छ ?
आइसिसीले नेपालको आन्तरिक समस्या मिलाउन अहिले भनेको होइन, पटकपटक नेपाललाई पत्र पठाउँदै सचेत गराउँदै आएको पनि हो । तर, राजनीतिको चेपुवामा परेको क्यान विवादमुक्त हुन सकेन । विवादकाबीच एकमात्र क्रिकेट खेल्ने स्टेडियम सन्तोषजनक रुपमा तयार भएन । यसबाट पनि आइसिसी थप चिढिएको छ । यद्यपी यसपटक बाध्य भएर नेपालले यो अवसर पाएको हो । यस अघि पनि भूकम्पपछि समयमै मैदान तयार नहुँदा नेपालले आफ्नै देशमा गर्न लागेको प्रतियोगिता युईमा खेल्नुपरेको थियो । अब पनि छिट्टै नेपाली क्रिकेटको यो आन्तरिक विषय नमिलाए अरु प्रतियोगिता गर्न नेपालले यस्तै ३ देखि ५ वर्षसम्म कुनुपर्ने हुन्छ । नेपाली क्रिकेटले जति सहयोग पाउँदै आएको थियो, त्यो कम हुने वा विवाद कायम नै भए रोकिनसम्म सक्नेछ ।

विश्वकपमा नेपाली क्रिकेट टिमबारे क्रिक इन्फोमा विशेष फिचर (तस्विर सहित)

यो लिगमा ८ टोलीले सहभागिता जनारहँदा नेपाल भने सबैभन्दा पुछारमा छ । यस अघि नेपालले पुपुवा न्युगिनी र स्कटल्याण्ड दुईदुई खेल खेल्दा चारवटैमा हार बेहोरिसकेको छ । ८ राष्ट्रमा नेदरल्याण्ड सबैभन्दा अगाडि रहेको छ । नेदरल्याण्डसँग नेपालले आगामी साउनमा खेल खेल्नेछ ।

खाता नै नखोलेको नेपाल पुछारमा छ । यो लिग डिभिजन २ को खेलभन्दा पनि महत्वपूर्ण छ । किनकी ८ मध्ये शीर्ष चारमा पर्न सक्ने टिमले २०१८ मा बंगादेशमा हुने विश्वकपमा छनोटका खेलमा सहभागिता जनाउन पाउनेछ । त्यसैले एक दिवसीय विश्वकपको सपना कायमै राख्नको लागि नेपाललाई शीर्ष चारमा पर्नै पर्ने दबाब छ । यो समूहमा नेदरल्याण्ड, हङकङ, केन्या बलिया छन् । र, अबको नेपालको बाँकी खेल पनि यिनैसँगै हुनेछ । त्यसैले नामिबियालाई हराउन सके शीर्ष चारमा परेर विश्वकप खेल्ने सपनाको बाटो खोल्नेछ । यस्तो हुन नसक्दा नेपालले फेरि डिभिजन दुईमा खेल्नुपर्ने हुन्छ । डिभिजन दुईभन्दामाथि क्रिकेट भएकोले पनि नेपालका लागि यो निक्कै नै महत्वपूर्ण खेल हो ।

आखिर तिमीहरुको देशमा क्रिकेट बोर्ड गतिलो छैन, जे गर्छौं हामी गर्छौं भन्दै आइसिसी आफैं अघि सर्नु हामी जस्तो क्रिकेटमा सम्भावना बोकेर अघि बढेका देशको लागि लज्जाको विषय हो !

नेपाली टिममा को को ?
पारस खड्का( कप्तान, ज्ञानेन्द्र मल्ल (उप(कप्तान), सागर पुन, शरद भेषावकर, नरेश बुढायर, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, करण केसी, सन्दिप लामिछाने, राजेश पुलामी, सुसान भारी, राजु रिजाल छन् । सन्दिप लामिछानेले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

nepali national cricket team photo
त्यस्तै, वैकल्पिक खेलाडीतर्फ दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ, विक्रम सोव र अनिल मण्डल छन् । नेपाली टोलीका जगत टमाटा हुन् भने पूर्व प्रशिक्षक पुबुद दासानायकेलाई दुई खेलको तयारीका लागि सहयोग गर्न बोलाइएको छ । सन्दिप पहिलो पटक लामिछाने राष्ट्रिय टोली परेमन छन् । अर्का खेलाडी राजु रिजालले यू १९ टिममा कप्तानी गरिसकेका छन् । नेपाली टिममा यसपटक ओपनर सुवाश खकुरेल परेनन् । टिमको ओपनिङ सागर पुन र नरेश बुढायेरले गर्ने सम्भावना छ ।