एजेन्सी।

जापानका अग्रणी आर्किटेक्टले डिजाइन गरेको लगभग ‘अदृश्य रेल’ को निर्माण कार्य सम्पन्न भएपछि सन् २०१८ मा टोक्योमा यसको उदघाटन गर्ने परियोजनाको अनुसूची तयार भएको छ।

आर्किटेक्चरको क्षेत्रमा सर्वोत्कृष्ट पुरस्कार पाएका ‘काजुयो सेजिमा’द्वारा डिजाइन गरिएको उक्त यात्रुवाहक रेलमा शहर तथा गाउँका दृश्यहरूसँगै मिल्दोजुल्दो हुनेगरी अर्ध-पारदर्शी र अर्ध-प्रतिबिम्बित सामग्रीको प्रयोग गर्ने जानकारी एक रिपोर्टबाट प्राप्त भएको छ।design of invisible train in tokyo

सेजिमा भन्छन्- “चिचिबुको हरियाली पहाडदेखि टोक्योको रमझम शहरसम्म विभिन्न वातावरण हुँदै रेल गुड्छ। त्यसैले मैले सोँचे कि प्रकृतिको विविधतासँगै रेललाई पनि त्यसैमा पारदर्शी तरिकाले मिसाउँदा कसो होला?”

यो पनि हेर्नुहोस्-
जापानीहरू धेरै बाँच्नुको पछाडि यस्तो रहेछ कारण
जापानमा यसरी पोखियो जवानीको खुसी -फोटो फिचर
जापानमा यस्तो थियो स्नान घर, यसरी नुहाउथे पुरुष
चिनियालाई जिउँदै रेटेर मार्थे जापानी डाक्टर (तस्विर सहित)