७ कार्तिक, काठमाडौं ।

संघीय गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको बारेमा प्रस्तावक दलकै टुंगो नभएकाले गठबन्धनले निर्णय गर्न आवश्यक नभएको बताएका छन् ।

लोकमान प्रकरणः कांग्रेस भित्र ३ गुटका ६ रणनीति

उनले नेपाल हेडलाइन्ससँग भने,‘किन ल्याएको हो कसरी ल्याएको हो हामीसँग छलफल भएपनि भएको छैन मोर्चाले अहिले किन निर्णय गर्नु ?

Upendra yadav talking by mobile

मधेसी मोर्चाले भने महाअभियोगको प्रस्तावले संविधान संशोधनको प्रक्रियालाई ओझेलमा पार्ने खेलमा तीन दल लागेको बताएको छ । अध्यक्ष यादवले भने,‘तीन दल जालझेल षडयन्त्र र तिकडम गर्न सिपालु छन, संविधान संशोधन प्रक्रियालाई ओझलमा पार्ने खेल हो ।’

महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपनि सत्तासाझेदार कांग्रेस र माओवादीबीच नै विवाद देखिएको छ । दुवै दलले आधिकारिक निर्णय गर्न सकेका छैनन् । संसदको बैठकमा कार्यसूचि प्रवेश गरेको छ ।

महाअभियोग घटनाक्रमः प्रचण्ड, ओलीबीच अर्को वान-टू-वान वार्ता

महाअभियोगको प्रस्तावको बारेमा कार्तिक ९ गते संसदको बैठकमा छलफल हुने भएको छ । महाअभियोगको प्रस्तावको बारेमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएको मधेसी मोर्चाले कुनै पनि आधिकारिक निर्णय गरेको छैन ।

महाअभियोग प्रकरणः आङकाजीले ओलीमाथि उठाए ५ भयंकर सवाल

मधेसी मोर्चाका एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चा गठनबन्धको बैठक बसेर प्रस्तावको बारेमा निर्णय गर्ने बताए । मोर्चामा आबद्ध कतिपय नेताहरुले लोकमानको विरुद्धमा आएको प्रस्ताव गतल भएको बताउदै आएका छन् ।