बलिउडमा यस्ता कयौं कलाकार छन् जो एक अर्कालाई देख्न सम्म रुचाउने गर्दैनन्। केही यस्तै छ अनुष्का शर्मा र दीपिका पादुकोण बीच। दुवै एक अर्कालाई वेवास्ता गर्न सजह ठान्छन्। १ मे, १९८८ मा जन्मिएकी अनुष्काले आफ्नो करिअरमा थुप्रै हिट फिल्म दिएकी छिन। दीपिका र अनुष्का झैँ बलिउडमा अरु पनि यस्ता सेलेब्रेटीहरुछन् जो रिल र रियल लाइफमा एक अर्कालाई वेवास्ता गर्छन् र पार्टी तथा अवार्ड कार्यक्रममा संगै देखिदैनन्।Bollywood Celebrity no talking 23780912 (2)

‘सुल्तान’को दोस्रो टीजर रिलिज, अनुष्काले देखाइन् कठिन ट्रेनिङ्गको फल…

अनुष्का शर्मा र दीपिका पादुकोण
अनुष्का र दीपिका बिचको सम्बन्ध निकै उतावचढावले भरिएको छ। यी दुई बीच नायक रणवीर सिंहलाई लिएर मनमुटाव भएको हो। रणवीर पहिले अनुष्काको ब्वायफ्रेन्ड थिए, अहिले दीपिका र रणवीर डेट गर्छन्। दीपिका पादुकोण र क्याट्रिना कैफ पनि एकअर्कालाई वेवास्ता गर्छन। ऐश्वर्या र रानी मुखर्जीको सम्बन्ध पनि ठिक छैन।

ऐश्वर्या र रानी मुखर्जीBollywood Celebrity no talking 23780912 (3)यी दुइ राम्रो साथी थिए। तर फिल्म ‘चलते-चलते’मा रानीले ऐश्वर्याको ठाउँ लिएपछि यी दुइको सम्बन्धमा चिसोपन आयो। अहिले यी दुइलाई कतै संगै देख्न सकिदैँन।

सोनाक्षी सिन्हा र रणवीर कपूरBollywood Celebrity no talking 23780912 (4)रणवीर कपूरले सोनाक्षी सिन्हासँग उमेरमा ठुली लाग्ने भन्दै फिल्म खेल्न अस्वीकार गर्दै आएका छन्। यही कुरालाई लिएर यी दुई बिचको सम्बन्ध बिग्रेको छ। यी दुई अहिलेसम्म संगै फिल्ममा देखिएका छैनन्।

सोनम कपूर र दीपिका पादुकोणBollywood Celebrity no talking 23780912 (5)सोनम कपूरको पहिलो फिल्म ‘सावरिया’ र दीपिका पादुकोणको पहिलो फिल्म ‘ओम शान्ति ओम’ सन् २००७ मा एक साथ रिलिज भएको थियो। तबदेखि यी दुई प्रतिद्वन्दी रहदै आएका छन्। दीपिकाको फेसन सेन्सलाई लिएर प्रश्न खडा गरेकी सोनमले दीपिकासंग बच्नको लागि एक कार्यक्रममा सिट समेत परिवर्तन गरेकी थिइन।

डेविड धवन र गोविन्दाBollywood Celebrity no talking 23780912 (6)गोविन्दा र फिल्ममेकर डेविड धवनले कयौं हिट फिल्म दिएका छन्। यसको बावजुद यी दुई अब संगै देखिने छैनन्। गोविन्दा डेविड धवनसंग खुसी छैनन्, किनकी जब गोविन्दाको करिअर ओरालो लागेको थियो तब डेविडले उनलाई साथ दिएनन्। गोविन्दा आफैले पनि भनेका छन् कि डेविडले अप्ठ्यारो पर्दा मद्दत गरेनन्।

ऐश्वर्या राय र सोनम कपूर

Bollywood Celebrity no talking 23780912 (10)सोनम कपूरले कयौँ चर्चित कस्मेटिक ब्रान्डमा ऐश्वर्यालाई विस्थापित गरिन। यो कुरा ऐश्वर्यालाई मन परेन। आफुले पाइरहेको विज्ञापन सोनमको हातमा पर्दा ऐश्वर्या खुसी छैनन्। त्यो माथी सोनमले एक कार्यक्रममा ऐश्वर्यालाई ‘आन्टी’ भनेपछि त ऐश्चर्या र सोनम बिच अहिले बोलचाल सम्म छैन।

अक्षय कुमार र प्रियंका चोपडा

Bollywood Celebrity no talking 23780912 (7)प्रियंका चोपडको नाम निकै स्टारसंग जोडिसकेको छ। अक्षय कुमार संग कयौं सफल फिल्ममा काम गरे पश्चात लामो समयसम्म फेरी अनस्क्रिनमा संगै देखिएनन्। यसको कारण अक्षयकी पत्नी टि्वंकल खन्ना। फिल्म ‘वक्त’ को क्रममा जब प्रियंका र अक्षयको अफेयरको चर्चा चल्यो तब टि्वंकलले अक्षयलाई बाचा बधाइन, प्रियंकासंग अब फिल्म नखेल्नु।

ह्वाइट हाउस डिनरमा यसरी पुगिन प्रियंका, ओबामासंग फोटोसुट

अक्षय कुमारका ७ गर्लफ्रेन्डः हरेक गर्लफ्रेन्डसंग इन्गेजमेन्ट

क्याट्रिना कैफ र दीपिका पादुकोणBollywood Celebrity no talking 23780912 (1)यी दुई बिच पनि राम्रो सम्बन्ध छैन। कारण हुन, रणवीर कपुर।

ऐश्वर्या राय बच्चन र सलमान खान

Bollywood Celebrity no talking 23780912 (8)सलमान र ऐश्वर्या निकै चर्चित प्रेम जोडी थिए तर अहिले एक अर्कालाई देखे नदेखेझै गर्छन्। फिल्म ‘हम दिल दे चुके सनम’ बाट ऐश्वर्या र सलमानको प्रेम सुरु भएको थियो। यो सम्बन्ध करिब २ वर्षसम्म चल्यो। त्यसपछि बिग्रेको यी दुइको सम्बन्ध ऐश्वर्याको विवाह पछि त झन् ठप्पै बन्यो। अहिले यी दुईसंग संगै देखा पर्दैनन्।

ऐश्वर्यालाई सलमानबाट यसरी खोसेका थिए विवेकले

२७ वर्षमा सलमान १५ पटक प्रेम

श्रीदेवी र माधुरी दीक्षितBollywood Celebrity no talking 23780912 (9)

माधुरी र श्रीदेवी शुरु देखि नै प्रतिद्वन्दी रहदै आएका छन्। यी दुवैलाई पनि संगै एकैसाथ देख्न सकिदैन।