२४ साउन, काठमाडौं । ओमनमा हुने पाँच राष्ट्र सम्मिलित टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको छ ।

ओमन क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो । अक्टोबर ५ देखि सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ । दोस्रो खेल ७ तारिखमा नेदरल्याण्ड्ससँग खेल्ने नेपालले तेस्रो खेल आयरल्याण्डसँग ९ तारिखमा खेल्नेछ ।

नेपालले चौथो तथा अन्तिम खेलमा १० तारिखमा आयोजक ओमनसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितालाई विश्वकप छनौटको तयारीका रुपमा हेरिएको छ ।