८ फागुन, काठमाडौ ।

दैनिक १३ घण्टाको लोडसेडिङको मार खेपी रहेको नेपालले राहत पाउने भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा नेपालले ८० मेगावाट विद्युत प्राप्त गर्न लागेको हो ।

KP Oli Narendra modi india visit (4)

आज नै नेपालले थप ८० मेगावाट विद्युत प्राप्त गर्नेछ । नेपालले पाउने विद्युतको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले आज नै बिजुलीको स्विच अन गरेर उदघाटन गरेपछि नेपालमा विद्युत आउने छ ।

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता जारी

विद्युत प्राप्त गर्ने भएपछि देशमा जारी लोडसेडिङ केही घण्टा घट्ने भएको छ । प्रधानमन्त्री ओलीले भारत जानु अघि दुई बर्षमा देशलाई लोडसेडिङ मुक्त बनाउने र दस बर्षमा दस हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिल्ली पुगेर यस्तो लेखे ओलीले, तस्बिर सहित

शनिवारदेखि मुज्जफर ढल्केबर प्रसारण लाइनबाट ८० मेगावाट विद्युत नेपाललाई दिएको हो । अहिले सो लाइन मार्फत १५ मेगावाट विद्युत परीक्षणको रुपमा आइरहेको छ । भारतबाट विद्युत आएपछि दैनिक दुई घण्टा लोडसेडिङ कम हुने उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले बताए ।