८ फागुन, काठमाडौ ।
नयाँ दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान कुराकानी भएको छ । भेटवार्तामा दुबै प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशवीचको सम्बन्धमा देखिएको चिसोपनाको कारणहरु बारे खुलेरै छलफल गरेका छन ।

pm oli and modi

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाका अनुसार दुई प्रधानमन्त्रीवीच नेपालमा जारी भएको संविधान, त्यसपछि सम्बन्धमा देखिएको चिसोपन, सीमा विवाद, मधेस आन्दोलन, सीमांकनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र, भावी सम्बन्ध, पञ्चेश्वर आयोजनाको कार्यान्वयन, नेपालमा लगानी अभिबृद्धि, ब्यापारिक समस्या सहित सम्पूर्ण विषयहरुमा कुराकानी भएको बताए ।

ओलीको भारत भ्रमणको कोसेली भारतबाट ८० मेगावाट विद्युत

भेटमा प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्दा आएको समस्या र त्यसले नेपालीको जनजीवनमा पारेको प्रभावको विषयमा कुराकानी राख्दै आफू नेपाल भारत सम्बन्धलाई समधुर बनाएर अघि बढ्ने पक्षमा रहेको बताएका थिए । उनले मधेसको चाहना अनुसार संविधान संसोधन भईसकेको र सीमांकनको लागि पनि संयन्त्र गठन भईसकेकोले अब त्यसमा मधेसी दलहरुको पनि सहभागिता गराउने प्रतिबद्धता ब्यक्त गर्दै आफू नेपाल भारत सम्बन्ध सुमधुर बनाउन लागि परेको बताएका थिए ।

दिल्ली पुगेर यस्तो लेखे ओलीले, तस्बिर सहित

मोदीले नेपालमा संविधानसभाले जारी गरेको संविधानमा आफूहरुको असहमति नभएको स्पष्ट पार्दै केवल सबैको अपनत्वमात्रै होस भन्ने चाहना ब्यक्त गरेको बताएका थिए । उनीहरुवीच करिब ३५ मिनेट कुराकानी भएको थियो ।