२८ भदौ, कपिलवस्तु।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्लाको विभिन्न ठाउंमा प्रहरी चेकपोष्ट र सवारी साधनमा आगजनी गरेका छन् । मार्चाका कार्यकर्ताहरुले आफुहरुको माग सरकारले संवोधन नगरको भन्दै गाउं गाउंबाट प्रहरी चौकी लखेट्ने कार्य शुरु भएको भन्दै नेपाल भारत सीमा क्षेत्रको मर्जादपुर नाकामा रहको शशस्त्र प्रहरीको चेक पोष्टमा आगजनी गरेका छन् ।

आन्दोलनकारीको आगजनीका कारण मर्जादपुर स्थित नेपाल भारत सीमा गेटबाट सुरक्षाकर्मीहरु हटेका थिए । यसै गरी आन्दोलनकारीले कपीलबस्तुको भिल्मीमा एउटा पिकअप भ्यानमा आगजनी गरेका छन् । गाउंमा पुगेको लु १ च ५८५१ नम्बरको पिक अप भ्यानमा उनीहरुले आगजनी गरेका छन् ।

यसै गरी मोर्चाका कार्यकर्ताहरुले बहादुरगंजमा २ वटा मोटरसाईकलमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ । संविधान सभामा संविधानको विधेयक उपर मतदानको प्रक्रिया अघि बढे संगै थप उत्तेजित भएका मोर्चा कार्यकर्ताहरुले जिल्लामा सरकारी, गैरसकारी कार्यालयहरुलाई समेत बन्द गराउंदै हिडेका छन् ।