१४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानमा पारस खड्कालाई नियुक्त गर्‍यो । पारसले कप्तान पदबाट राजीनामा दिएसँगै क्यानले ज्ञानेन्द्रलाई कप्तानमा नियुक्त गरेको हो ।

यसअघि क्यानले पारसलाई नै कप्तानीमा फर्कन आग्रह गरेको थियो तर उनले आफू अब कप्तानीमा नफर्कने बताएका थिए । उनी नफर्कने भनेसँगै क्यानले अर्को व्यवस्था नभएसम्मको लागि ज्ञानेन्द्रलाई दिएको हो । ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएसँगै उपकप्तानमा दिपेन्द्रसिंह ऐरी नियुक्त भएका छन् ।

कप्तान नियुक्त भएसँगै उनले विभिन्न समूहहरुसँग भेटघाट गरेका छन् । बिहीबार उनले जनस्तरबाट निर्माण गर्न लागिएको गौतमवुद्ध अन्तर्राष्ट्रिय रंगशालाको विषयमा छलफल भएको गरेका छन् । यससँगै उनले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका छन् । धन्यवाद दिँदैगर्दा उनले पारसको योगदानको कदर गर्दै सम्मान गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्नु ठूलो सम्मानको कुरा हो । पारसको कप्तानीमा टीमले एकदमै ठूलो फड्को मारेको थियो, पूरै टीमको लागि पनि त्यो ड्रिम गाइड हो । तपाईंको माया र साथको लागि धन्यवाद ।’