८ माघ, काठमाडौं ।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच वार्ता मार्फत समस्याको समाधान गर्न नजिक भएको बेला विराटनगरको रंगली घटना घटेपछि सरकार र मोर्चाबीच पुनः चिसोपन सुरु भएको छ । मधेसी मोर्चाले रंगेली घटना मार्फत सरकारले वार्ता भाँडन खोजेको बताएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गदै भने–ओली सरकार निणार्यक वार्ता हुन लाग्छ किन मधेसी जनतामाथि ताकि ताकि गोली हान्छ ?’ मधेसी मोर्चाले आफ्ना कार्यकर्तामाथि ताकिताकि गोली होन्ने र दमन गर्ने हो भने शीर्षस्तरको वार्तामा समेत नबस्ने चेतावनी दिएको छ ।

वार्ता निष्कर्षमा पुग्न लाग्छ कहिले सप्तरीमा गोली चलाइन्छ, कहिले वीरगञ्जमा वितन्डा मच्चाइन्छ, अहिले रंगेलीमा मान्छे मारियो, सरकारले नियत नै गलत रहेको छ, कर्णले भने ।

सहमति नजिक पुगेका दलहरुबीच रंगेली घटनाले पुनः चिसोपन ल्याउने मात्र काम गरेको छैन वार्ता नै विथोलिनेसम्मका संकेत देखा परेका छन् ।

यो पनि पढ्नुस्।
रंगेली घटनाको योजनाकार राजेन्द्र महतोः युवा संघ
बङ्बन्धु गोल्ड कप फाइनल : नेपाल VS बहराइन (लाइभ भिडियो)
विराटनगरको घटना दुर्भाग्यपूर्णः प्रचण्ड
प्रहरीले विवेक गुमाउदा रङ्गेली घटनाःआयोग
वार्ता विथोल्न रंगेली घटना घटाइयोःयादव