१२ भदौ, काठमाडौं । राजधानीको कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कलंकी बस्ने धादिङको गजुरी गाउँपालिका १ घर भएका २३ वर्षीय रविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कलंकीस्थित पशुपति गेष्ट हाउसमा श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

हाल फरार रहेका थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।