१२ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले काँग्रेसले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिष बैठक चलाउनु सामान्य विषय भएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै विडारीले यसमा विरोध गर्नुको कुनै तुक नभएको बताए । “मन्त्रिपरिषद बैठकको नेतृत्व भिडियो कन्फेरेन्सबाट गर्नु बर्वाद भयो भनेर सडकदेखि सदनसम्म यत्रतत्र भ्रम छरे । उपचाररत प्रधानमन्त्रीले स्वदेशमा रहेका मन्त्रिपरिषदका सदस्यहरूसँग सामान्य कुराकानी गर्नुभयो । यो सूचना प्रविधिको अग्रगामी प्रयोग भयो । यसलाई नविनतम प्रविधिको प्रयोग भन्नुपर्ने हो ।” विडारीले भने “विकसित मुलुक चन्द्रमामा परीक्षण गरिरहेका छन् । हाम्रो मुलुकमा भिडियो कन्फेरेन्सबाट कुरा गर्दा गोपनियताको भूतको छायाँबाट किन तर्सिएको?’ त्यसो भए अब इन्टरनेट नचलाउने त ?’

प्रतिपक्षी कांग्रेसले असत्य कुरालाई भ्रम छरेर सत्य जस्तो बनाउन खोजेको भन्दै सत्य उजागर भएपछि असत्य नाश भएर जाने बताउनुभयो । प्रधानमन्त्रीले मन्त्रिपरिषदका सदस्यसँग सल्लाह गर्नुलाई आत्तिएर, सुरिएर र मात्तिएर विरोध किन गरेको ? यो त ठूलो कुरा थिएन। केही नपाएपछि के गर्नू! यस्ता कुरालाई राष्ट्रिय मुद्दा बनाउनु उपयुक्त छैन, हुँदैन ।’ विडारीले भने ।