१० भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेको ३ सातापछि शुक्रबार नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

ज्वार्इं गगन र ससुरा केसीबीच मन्त्रालय साटिंदाको रोचक कहानी

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् ।

congress ministers sapath

नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन् । यसैगरी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् । गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् ।

मन्त्रीको सूचीबाट किन हटाइए शेखर ?

मन्त्रीको सपथ खाँदा कांग्रेसका सबै मन्त्री दौरा सुरुवालको युनिफर्ममा देखिएका छन् । यस अघि माओवादी केन्द्रबाट भने सञ्चार मन्त्री रामकार्कीले मात्र दौरा शुरुवाल लगाएर चर्चा पाएका थिए ।

गगन पनि दौरा सुरुवालमा

गगन थापा सामान्यतः ड्रेसमा ख्याल गर्दैनन् । उनी सामान्य भेष्ट प्यान्टमै धेरै जसो स्थानमा पुग्छन् । उनको ड्रेस अधिकाँश समयमा इन्फर्मल नै हुने गर्छ । तर पहिलो पटक मन्त्री बन्ने दिन भने गगन अन्य कांग्रेसका मन्त्रीहरु जस्तै चिटिक्क दौरा सुरुवालमा देखिए ।

gagan sapath

मन्त्री बन्दा गगन खरानी रंगको दौरा सुरुवालमा सजिएका थिए भने उनको टाउकोमा खैरो रंगको ढाका टोपी थियो । गगनले पहिलो करिअर मन्त्रीकोरुपमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनको पहिलो कार्यकाल चुनौतीपूर्ण हुने ठानिएको छ ।

यो पनि हेर्नुस् खुस्की सकेको मन्त्रालय गगनले कसरी पाएः यस्तो छ कहानी

प्रचण्डलाई चुनौती दिएका गगन प्रचण्डकै मन्त्री

दोश्रो संविधान सभाको चुनाव हुने चर्चा चलिरहेको समयमा गगनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जहाँबाट उठेपनि आफूले हराउने चुनौती दिएका थिए ।

gagan thapa minister

पार्टीसँग उनले आफूलाई प्रचण्ड उम्मेदवार बनेको स्थानबाट उम्मेदवार बनाउन आग्रह गरेका थिए । तर पछि उनी माओवादीकै नन्दबहादुर पुन (जो अहिले उपराष्ट्रपति छन्) सँग चुनाव लडेर जितेका थिए । रमाइलो संयोग गगन आफैले चुनौती दिएका र आलोचना गर्दै आएका प्रचण्डको मन्त्रीमण्डलमा मन्त्री बनेका छन् । प्रधानमन्त्रीय सिष्टममा मन्त्री राख्ने र फाल्ने अधिकार प्रधानमन्त्रीलाई भएका कारण गगनको भविष्य प्रचण्डको हातमा पुगेको छ ।

राजकुमारी सामूहिक यौन क्रिडा गर्दा गर्दै समातिइन्, समाचार लुकाउन ६० करोड डलर