७ कात्तिक, काठमाडौं ।

नेपाली राजनीतिमा भूकम्प ल्याएको अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका पराकम्पकाबीच नेपाली कांग्रेस यस विषयमा अझै पनि अनिर्णित छ ।

लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन

प्रमुख सत्तारुढ दल मध्ये नेकपा माओवादी केन्द्र विपक्षी दल एमालेको साथ लिएर महाअभियोगको पक्षमा लागिरहँदा कांग्रेसले अझै पनि औपचारिक निर्णय गरेको छैन ।

congress discussion

२ दिन अघि संसदमा प्रस्तुत हुने भनिएको महाअभियोग प्रस्ताव नाटकीय फेरबदल नआए आज (आईतबार) संसदभित्र औपचारिकरुपमा प्रवेश गर्नेछ । संसदमा महाअभियोगमाथि छलफल हुनै लाग्दा संसदको सबैभन्दा ठूलो दल कांग्रेसको निर्णायक बन्ने देखिन्छ ।

के गर्ला कांग्रेस?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा जनमतविरुद्ध नजाने स्पष्ट पारेका छन् । महाअभियोग प्रस्ताव तत्काल पारित गराउन दबाव दिन विहान आफ्नै निवास बुढानिलकण्ठ आएका ११ विद्यार्थी संगठनको ज्ञापन–पत्र बुझ्दै सभापति देउवाले पार्टी निर्णय गर्दा जनमतको पनि ख्याल गरिने बताएका हुन् ।

निर्णय गर्न प्रचण्ड डराए

उनले महाअभियोबारे पार्टीको केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरिने पनि बताए । कांग्रेस केन्द्रीय समितिको जारी बैठक सोमबार पुनः बस्दैछ । सभापति देउवाले महाअभियोगबारे जनमत बुझ्ने काम पनि भइरहेको बताए । देउवाले यस्तो बताएपनि कांग्रेसले महाअभियोग प्रस्तावको पक्षमा जाने स्पष्ट निर्णय भने स्पष्ट भएको छैन ।

लोकमान मुद्धामाः कांग्रेसमै विभाजनको खतरा
केन्द्रीय समितिको बैठकमा बोल्ने धेरै सदस्यको विचारले कांग्रेसभित्र लोकमानबारे परस्पर विरोधी धारणा रहेको देखिन्छ । महाभियोगमाथि संसदमा छलफल हुँदा केन्द्रीय समितिको जस्तै एकथरि कांग्रेस सांसदहरु लोकमानको पक्षमा उभिने र अर्कोथरि महाभियोगको समर्थन गर्ने अवस्था समेत आउन सक्ने देखिन्छ । यस्तो अवस्था आएमा सत्ता समिकरणमा प्रभाव पर्ने छ भने नेपाली राजनीतिमा समेत प्रभाव पर्ने छ ।

विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु

यसैबीच, अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी)सहितका ११ विद्यार्थी संगठनले कार्कीविरुद्धको खबरदारीका लागि दिउँसो दुई बजे माइतीघरदेखि बानेश्वरसम्म दवाब जुलुस प्रदर्शन गर्ने भएका छन् ।