१५ फागुन,काठमाडौ। प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिनुअघि देखिएका संवैधानिक अड्चन हटाउन छलफल गर्न आज कार्यदलको बैठक बस्दैछ । आज दिउँसो बस्ने कार्यदलको बैठकले राष्ट्रपति रामवरण यादवसमक्ष बाधा अड्काउ फुकाउनका लागि गर्ने सिफारिसको भाषा, संवैधानिक अड्चन र निर्वाचनका विषयमा छलफल गर्नेछ । यसअघि तयार गरेको ९ बँदे सहमतिलाई थप संसोधन गरेर अन्तिम रुप दिने कार्यलदलका सदस्यहरुले बताएका छन् । जेठ २२ गते चुनाव गर्ने सहमति गरेका दलहरुले चुनावको मिति सार्ने विषयमा छलफल चलेकाले मंसिरसम्मका लागि सार्ने भन्ने विषयमा पनि छलफल हुनेछ । दलहरुबीच सेना समायोजन अन्तर्गत माओवादी पूर्व लडाकुको समायोजन र नागरिकताका विषयमा विवाद मिलेको छैन । एकीकृत माओवादीलाई माओवादीले पूर्व लडाकुलाई कर्नेल पद दिनुपर्ने अडान राखेको छ भने, वंशजका आधारमा नागरिकता दिने विषयमा पनि विवाद रहेको बताइएको छ । आज कार्यदलको बैठक ३ बजेका लागि एमालेको स्थायी समितिको बैठकपछी बस्ने संभावना छ ।