१० भदौ, काठमाडौं ।

नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले आफू असफल भए सिंगो पुस्ताप्रतिकै विश्वास गुम्ने बताएका छन् ।

प्रचण्डलाई हराउँछु भनेका गगन उनकै मन्त्री बन्दा यस्तो देखियो

स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री थापाले केही गर्नका लागि आफु मन्त्री भएको र जनताले महशुष गर्ने किसिमको काम गर्ने बताएका हुन ।

?

?

आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको भन्दै उनलृ काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता समेत जनाए ।

पहिलो निर्णय

स्वास्थ्य मन्त्री थापाले पदभार ग्रहण गरेपछि पहिलो निर्णय बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा छानविन गर्न विशेषज्ञ समिति गठन सम्वन्धी गरेका छन् ।

ज्वार्इं गगन र ससुरा केसीबीच मन्त्रालय साटिंदाको रोचक कहानी

गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाएकाले विशेषज्ञ समिति गठन भएको हो । समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहनेछन् ।

मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।

युवा पुस्तामाझ लोकप्रिय गगनले मन्त्री बनेपछि गरेको गरेको पहिलो निर्णयबाट बैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका हजारौं युवा खुसी हुने निश्चित छ ।