३० फागुन, काठमाडौं । विश्वको सबैभन्दा महंगो टी–ट्वान्टी क्रिकेट लिग इंडियन प्रिमियर लिग (आईपीएल) १५ अप्रिलसम्मको लागि स्थगित भएको छ ।

१३औँ संस्करणको आईपीएल यसअघि २९ मार्चदेखि शुरु हुने तालिका बनेको थियो । सम्पूर्ण फ्रेन्चाइज टीम, सरकार र प्रायोजकहरुसँगको सल्लाहमा आईपीएलको १३औँ संस्करण सारिएको हो ।

कोरोनाभाइरसलाई विश्वस्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरिसकेको छ । यस्तै बिहीबारमात्र कोरोना भाइरसका कारण भारतमा एकजनाको मृत्यु भएको छ भने अहिलेसम्म ७४ जनामा कोरोनाभाइरसको सक्रमण देखिएको छ । आज बसेको आइपीएल टीमको बैठकले यस्तो निर्णय गरेको हो ।

१५ अप्रिलसम्मको लागि सारिएता पनि त्यसपछि पनि कोरोनाको प्रकोप नियन्त्रणमा नआएकमा पुनः बैठक बसेर निर्णय गरिने आयोजकले जनाएको छ । आईपीएल विश्वको सर्वश्रेष्ठ लिग हो । यसका विभिन्न देशका क्रिकेटरहरुको सहभागिता रहनेछ ।