१५ असोज, एजेन्सी । भारतलाई बेलायती उपविनेशमबाट मुक्त गराएका महात्मा गान्धी आज भन्दा १५० वर्ष अघि सन २ अक्टोवर १८६९ मा जन्मिएका थिए ।

वास्तविक नाम मोहनदास कर्म चन्द गान्धी भए पनि उनी महात्मा गान्धी वा बापुका नाममा संसारभर चर्चित भए। अहिंसात्मक आन्दोलनबाटै भारतलाई अंग्रेजबाट मुक्त गराउन सफल गान्धीका जीवनका अनेकन आयाम छन् ।

गान्धीले भारतीय स्वतन्त्र संग्रामका एक महायोद्धा तथा आध्यात्मिक नेताका रुपमा संसारमा अमिट छाप छोडेका छन् । उनले बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न पनि ठुलो योगदान दिए ।

उनले भारत र भारतीयलाई मात्रै होइन संसारभर सम्पर्ण मानिसलाई उत्प्रेरित गरि रहनेछन् । उनै सादगीका उच्चतम नमुना गान्धीका बारेमा ७ रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१. गान्धीले सरसफाईलाई निकै महत्व दिन्थे। । उनि भन्थे- गरिबीको कारण स्वच्छताको अभाव पनि हो । सरसफाईबाट लाखौँ रुपैयाँ बचाउन सकिन्छ ।

२. ४० वर्षको स्वाधिनता संग्रामको क्रममा हरेक दिन १८ किलोमिटर हिड्ने गर्थे । यसरीनै उनले ७९ हजार किलोमिटर दुरी तय गरेका हुन् । यो दुरी पृथ्वीको दुईचक्कर लगाउन मिल्नेजति हो ।

३. गान्धीको जीवनमा करिब १ करोड शब्द लेखे । उनी दैनिक ७ सय शब्द लेख्ने गर्थे । उनले लेखेको ५० हजार डकुमेन्ट सुरक्षित थियो । उनी सिधा र उल्टो गरी दुवै हातबाट लेख्ने गर्थे ।

४. गान्धी १४ पटकसम्म पक्राउ परेका थिए । उनी ६ वर्षसम्म जेलमा बसे । यदि उनको जेल बसेको सबै सबै दिन जोड्ने हो भने ११ वर्ष १९ दिन हनजान्छ । उनले जीवनको १३ सय ४१ दिन व्रत बसेका थिए ।

५. बिडी पिउनको लागि चोरी गरेका, तर बुवालाई आफैँले बताएका थिए । एकदिन बिडी पिउने शो थियो । बुवाको पैसा चोरेर बिडि पिए । आफैँलाई पछुतो भएपछि उनले धतुरोको बिष पिएर आत्महत्या गर्ने सोचेका थिए तर उनको धेरै पिउने हिम्मत आए । गान्धीले पितालाई चिठ्ठी लेखेर आफू दोषी भएको बताए । पिताको आँखामा आसुँ आयो । यसमा अहिंसाको सोच आयो ।

६. गान्धी नाटक हेरेर एकदमै रोएका थिए भने उनको सपनामा हरिशचन्द्र आउने कुरा पनि छ । गाउँमा हरिशचन्द्रको नाटक देखेर प्रभावित भएको भएका गान्धीको सपनामा हरिशचन्द्र आउँथे । उनलाई हरिशचन्द्रजस्तो सत्यबादी किन सबैजना हुँदैनन् भन्ने लागेको थियो । हरिशचन्द्र नाटक देखेर उनी एकदमै रोएका थिए । उनको विचारमा हरिशचन्द्रको सत्यवादी रुव सधैँ जीवित रहेका थिए ।

७. सविनय अवज्ञाः गान्धीलाई पहिलो पाठ आफ्नै पत्नी कस्तुरबाले सिकाएकी थिइन् । गान्धीले श्रीमती कस्तुरबलाई अनुमति बिना बाहिर नजान आदेश दिएका थिए । पहिलो दिन कस्तुरबाले उनको आदेशको पालना गरे । तर अर्को दिन भने उनी नसोधिकनै बजार गइन् । गान्धी रिसाएर कस्तुरबासँग कारण सोधे । उनले भनिन्, ‘आमासँग भन्छु अब पतिका सुन्छु । यस विनम्रताले सविनय अवज्ञा सिकायो ।’