१५ असोज, एजेन्सी । माइक्रो ब्लगिङ वेबसाइट ट्वीटर विश्वभर डाउन भएको छ ।

लगभग आधा घण्टादेखि ट्वीटर आधाघण्टा ट्वीटर खुल्न समस्या देखिएको हो । लगइन पेज ओपन भएता पनि आइडी र पासवर्ड राखेपछि इरर देखाएको थियो ।

इरर पेजमा समथिङ इज टेक्निकल्ली इरर लेखिएको छ । अहिले समस्याको समाधान भएर सामान्य अवस्था आइसकेको छ । कम्पनीेले अहिलेसम्म यसबारे कुनै धारणा सार्वजनिक गरेका छैन ।