चितवन । चितवनको रत्ननगर स्थित सौराहामा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आज दिउँसो रत्ननगर नगरपालिका वडा नम्वर १९ स्थित सौराहाकी ६९ वर्षिया मोतीमायाँ तामाङको गैंडाको आक्रमणबाट ज्यान गएको हो ।

बामदेवको एक डाइलगले भाँडियो सभामुखले बोलाएको छलफल !

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै घर नजिक राप्ती नदी छेउमा भैंसीलाई पानी खुवाउन लाग्दा चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले आक्रमण गरेको हो । उनको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।