११ भदौ, एजेन्सी । भनिन्छ जब भगवानले कृपा हुन थाल्छ तब भगवानले सडकबाट उठाएर महलमा पुर्‍याउँछ । यस्तै भएको छ भारतको रेलवेस्टेसनमा गीत गाउने रानू मण्डलको जीवनमा पनि । पुरै जीन्दगी गरिबीमा गुजारेकी मण्डललाई लता मंगेशकरको एउटा गीत ‘एक प्यार का नगमा है’ ले अहिले सेलिब्रेटी बनाएको छ ।

भारतका विभिन्न रियालिटी शोहरुमा रानु मण्डल अहिले छाइरहेकी छन् । उनको स्वर सुनेर प्रभावित भई चर्चिच बलिउड स्टार सलमान खानले ५५ लाखको घर उपहार दिएका छन् । साथै आफ्नो फिल्म ‘दबंग ३’को एउटा गीत गाउने अवसर समेत रानुलाई दिएको भारतीय मिडियोको दाबी छ ।

यसअघि बलिउड गायक हिमश रेशमियाले रानुलाई लिएर एक गीत रेकर्ड गराएका थिए । उनले उक्त गीत आफ्नो फिल्म ‘ह्याप्पी हार्डी ओर हीर’मा समावेश गरेका छन् । उनले उक्त गीत सामाजिक सञ्जालमा सेयर गरेको केही समयमा नै भाइरल बनेको थियो । रानु भाइरल भएपछि १० वर्षदेखि छुटेका उनकी छोरीले पनि आमा भेट्टाएकी छन् । यो सबै देखेर रानु भन्छिन्, ‘यो मेरो दोश्रो जिन्दगी हो र यसलाई अझ राम्रो बनाउने कोसिस गर्नेछु ।’