७ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओलीको भ्रमणबारे चिनियाँ मिडियामा खासै चासो देखिएको छैन ।

ओली चीन भ्रमणमा प्रस्थान गरेको करिव डेढ घण्टापछि चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हुवाले ओली चीन प्रस्थान गरेको समाचारलाई हेडलाइन् समाचार बनाएको छ ।

Oli China Departure 1

यद्यपी चिनियाँ सञ्चार माध्यमले ओली भ्रमणलाई मुख्य हेडलाइन बनाएका छैनन् । ओली एक साता लामो चीन भ्रमणका लागि चीन प्रस्थान गरेको र ओलीले वोआओ सम्मेलनमा सहभागी हुने मात्र सिन्हुवाको समाचारमा उल्लेख छ ।

एमाओवादीबाट किन हटाइए उर्जा मन्त्री रायमाझी र आपूर्ति मन्त्री पुन ?

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका मुख्य ब्यक्ति र उनको भ्रमण अन्त्य हुने दिनबारे छोंटो समाचार सिन्हुवाले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ ।

Xhinhua News on PM Oli visit

नेपाल र चीनबीच कुनै प्रकारको निकटता बढ्यो भने भाारतीय मिडियामा अनौठो तरंग देखिने गर्छ । भारतीय मिडियाले नेपालबाट आफ्नो देशविरुद्ध षडयन्त्र गरिरहेको भन्दै समाचार हेडलाइन बनाउन थालिहाल्छन् ।

चीन उडे लगत्तै ओलीमाथि खनिए बाबुराम

ओलीको राष्ट्रियता धरापमा, चीन भ्रमण भारतको छायाँमा

विविसी हिन्दीले ओलीको चीन भ्रमणले भारतलाई के खतरा हुन सक्छ भन्दै फिचर नै बनाएको छ ।

भारतीय मिसन सफलः चीनसँग इन्धन सम्झौता नहुने निश्चित