एजेन्सी।

विश्वव्यापी चर्चा पाउन प्रयत्न गर्ने प्राविधिक कम्पनीहरूमध्येमा चीनको ‘लेईको’ (LeEco) पनि पर्दछ, जसले हालै एक रोचक तथ विचित्रको साइकल आविष्कार गरेको छ- ‘ले सिभ्राक’ (Le Syvrac) ।

माउण्टेन बाइक र स्मार्टफोनको समिश्रण गरिएको यो अदभूत आविष्कारको ह्याण्डलको बीचमा गुगलको एण्ड्रोइड अपरेटिङ्ग सिस्टमबाट चल्ने ४-इन्चको डिस्प्ले राखिएको छ, जुन क्वाडकोर प्रोसेसर अनि ४ जिबी र्यामबाट चल्दछ। साथै यस साइकलमा लेजर, हृदयगति सेन्सर, स्पीकर अनि क्यामेरा पनि समावेश गरिएको छ।LeEco's Le Syvrac (2)

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामग्रीहरू आजभोली स्मार्ट बन्दै गैरहेको बेला साइकल पनि स्मार्ट हुनु कुनै नौलो कुरा भएन। केहि दिन अगाडि मात्रै फ्रान्सको एक कम्पनीले स्मार्ट खाट आविष्कार गरेको थियो भने स्मार्ट छाताको आविष्कारले पनि प्रविधि क्षेत्रमा पाइला उठाइसकेको छ।

उक्त ‘ले सिभ्राक’ साइकलको दुई साइडमा लेजर पनि समावेश गरिएको छ, जसले रातो लेजर बीम फाल्दछ र साइडसाइडमा आएका अन्य सवारी साधनहरू साइकलबाट कति दूरीमा कुदिरहेको छ भनेर ह्याण्डलबीच राखिएको ४-इन्चको स्क्रीनमा देखाउँदछ। साइकल कति किलोमिटर गुड्यो, कुन बाटो गुड्यो अनि कतिको गतिमा गुड्यो भनेर थाहा पाउनको लागि यसका अगाडि-पछाडिका पाङ्ग्राहरूमा सेन्सर पनि राखिएको छ। त्यस डाटालाई स्मार्टफोन एपको मार्फत अपलोड पनि गर्न सकिन्छ।LeEco's Le Syvrac (1)

भनौँ न, यो साइकललाई ‘लेईको’ कम्पनीले सकेसम्म प्राविधिक बनाउन खोजेको छ। चीनका केहि भागहरूमा यसको बिक्री बितरण सुरु भैसकेको छ, जसको मूल्य ८०० डलर देखि ६ हजार डलर सम्म निर्धारण गरेको छ। डिजाइन, निर्माणमा प्रयोग भएको सामग्रीको प्रकार र विभिन्न सुविधाअनुसार यसको मूल्य सस्तो र महङ्गो निर्धारण गरेको कम्पनीले बताएको छ।

यो पनि हेर्नुहोस्-
स्मार्टट्रेस- आफ्नो जीवनसाथीले धोका दिएको थाहा पाउने खाट आविष्कार
यो ‘स्मार्ट छाता’ले दिन्छ पानी पर्न लागेको सूचना
एकपटक चार्ज गरेपछि दुई दिनसम्म निरन्तर टिकिरहने स्मार्टफोन नेपाली बजारमा सार्वजनिक
तपाईँको हराएको एण्ड्रोइड स्मार्टफोन पत्ता लगाउने छिटो-मिठो तरिका