७ भदौ, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुरका सामाजिक अगुवाले भेटगरी उत्पीडितको पहिचान र अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।

चीनबाट फर्किए लगत्तै महरा आज पाकिस्तान जाँदै

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।

Prachanda lalitpur toli

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा देशमा केहि राम्रा सिष्टम बसाल्ने प्रतिबद्धता जनाए । दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतीपूर्ण अवसर भएकाले पहिचान र अधिकारका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएको उनका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

अन्ततः टुंगिए कांग्रेसका मन्त्री, भोलि सपथ (विवरण सहित)

भेटका अवसरमा ललितपुरको स्थानीय विकासलाई ध्यान दिन र सामाजिक पहिचानलाई जोगाई राख्ने विषयमा प्रधानमन्त्रीलाई आफूहरुले आग्रह गरेको सहभागी टोलीका पत्रकार सुनील महर्जनले जानकारी दिए ।

अहिले चर्चित बनेका बलिउड यी ७ कलाकार के गर्थे पहिले?

उनका अनुसार सो भेटमा ताम्राकार समाज, बौद्ध युवा समिति, नेपाल राष्ट्रिय युवा महासङ्घ, ललितपुर, कलाका तीनपाइलालगायतका संस्थाको सहभागीता थियो ।