१३ अ‍ेसोज, काठमाडौं । दशैँ लागेसँग राजधानीमा चोरीका घटना बढ्न थालेका छन् । दैनिकजसो चोरीको घटना भइरहेको राजधानीमा आइतबार पनि दुई स्थानमा चोरी भएको छ ।

चन्द्रागिरी नगरपालिका–२ बसन्त टोल बस्ने रामबहादुर सुवेदीको घरबाट नगद तथा बिभिन्न किसिमका गरगहना समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका(५ हाँडीगाउँ डेरा गरी बस्ने भक्तपुर ठिमी नगरपालिका–५ घर भएकी ४५ वर्षीया कृष्ण माया प्रजापतीको कोठाबाट नगद तथा विभिन्न सुनका गरगहना समेत गरी करिब ८ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।