२० मंसिर, गुल्मी । जिल्लामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुरुक्षेत्र गाउँपालिका–४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्की रहेका छन् । सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फाइल तस्बिर

सार्कीले बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगि जबरजस्ती बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।