२६ मंसिर, काठमाडौं।

शनिवार मात्रै ६२ औं वर्षमा प्रवेश गरेका एमाओवादी अध्यक्ष प्रचण्डको जन्मदिन तनाव रहित रहन सकेन। गृहमन्त्री शक्ति बस्नेतका निर्णयका कारण एमाओवादी पार्टी भित्रैबाट उनको विरोध भएको छ।

prachanda shocking

फाइल तस्बिर

गृहमन्त्री शक्ति बस्नेतले भुकम्प पिडितको कोटामा आफ्ना दुइ छोरी सहित प्रचण्डका ४ नातिनीलाई चीन पठाइदिएपछी उनको पार्टी भित्र व्यापक आलोचना भएको छ।

यही विषयका कारण प्रचण्ड हिजो आज तनावमा रहे। शनिवार बसेको एमाओवादी स्थायी समितिको बैठकमा पनि गृहमन्त्री शक्त बस्नेतले मनपरी ढंगले भुकम्पपिडितको कोटामा आफ्ना मानिस पठाएको भन्दै आलोचना भएको थियो।

प्रचण्डले गृहमन्त्रीलाई झपारे, बदनाम हुने काम नगर्न चेतावनी

शक्ति बस्नेत प्रचण्डका निकै नजिक मानिन्छन् । स्थायी समितिको बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीब्र असन्तुष्टी जनाएको बताइएको छ। त्यसैगरि केही सदस्यले त शक्ति बस्नेतलाई नै फिर्ता बोलाउनु पर्ने माग राखेको बताइएको छ। बैठकमा एमाओवादीले सरकारमा पठाएका अन्य मन्त्रीहरुको पनि आलोचना भएको थियो। यसरी आलोचित हुनेमा प्रचण्डकै नजिककै मन्त्रीहरु परेको बताइन्छ।

खासगरि गृहमन्त्रीको निर्णयमा आफूपनि मुछिएपछि प्रचण्ड मर्कामा परेका हुन्।

यो पनि पढ्नुस।
रिचार्ज गर्दा बोनस
स्वार्थ पुरा गर्न भारतले लगायो नाकाबन्दी: डा भट्टराई
मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन–मन्त्री खरेल
बुझि नसक्नु भारतीय रणनीति र गुजुल्टिएको नेपाली राजनीति !