१६ फागुन, एजेन्सी । पानीजहाजमा रहेका एक बेलायती नागरिकको कोरोना भाइरसका कारण जापानमा मृत्यु भएको त्यहाँको मन्त्रालयले जनाएको छ ।

शुक्रबार राति मन्त्रालयले बेलायतबाट जापान घुम्न आएका उक्त युवकको पानीजहाजमै मृत्यु भएको बताएका हुन् ।

जापानमा केहीदिन अघि पानीजहाजमा यात्रा गरिरहेका २ मानिसमा कोरोना भाइरस देखिएपछि जहाजका सवार ३५ सय मानिसहरुलाई त्यहिँ क्वारेन्टाइनमा राखिएको थियो ।