१५ फागुन, कावासोती।

नवलपरासीको नरम मधुकोटमा आज बिहान जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

रुचाङबाट दलदलेतर्फ गइरहेको ग१ज ४९०४ नं को सो जिप सडकबाट ५०÷६० मि तल खसेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारका लागि दलदलेबाट लेकबेँसी यातायात व्यवसायी समितिका पदाधिकारी घटनास्थलतर्फ गएको समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिए।

घटनास्थल पूर्वपश्चिम राजमार्गदेखि ४५ किलोमिटर उत्तरमा पर्छ । रासस

यो पनि पढ्नुस।

मधेसी मोर्चाभित्र ओलीकै खोजी

ओलीको सय चोट मोदीको एकै चोट

चीन सहित तीन देशलाइ शक्ति देखाउन अमेरिकाको अन्तरमहादेशिय मिसाइल परिक्षण

जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि