‘आर्म्स एक्ट’को मुद्दामा जेल परेका बलिउड अभिनेता सञ्जय दत्तलाई गत विहिबार जेलबाट मुक्त गराइएको छ। उनलाई ५ वर्षको सजाय मिलेको थियो, तर राम्रो व्यवहारका कारण उनलाई तोकिएको समयभन्दा पहिले नै मुक्त गराइएको हो। उनले त्यहाँ ५७ महिना बिताए।

सञ्जय दत्त लगायत बलिउडका अन्य सेलेब्रेटिहरूले पनि जेल सजाय भोगेका छन्। तर सञ्जयलाई सबैभन्दा बढि समयको जेल सजाय मिलेको हो।Sanjay and Salman Jail

सलमान खान
कालो हरीणको शिकारको मुद्दा
  • सन् १९९८ मा सलमान खानको साथमा तब्बू, सोनाली बेन्द्रे र नीलमलाई कालो हरीणको शिकारको मुद्दा लागेको थियो।
  • १२ देखि १७ अक्टोबर १९९८ सम्म उनीहरू जेलमा बसे।
  • त्यसपछि १० अप्रील २००६ मा पनि ५ दिनको लागि जेलमा पठाइएको थियो।
  • पछि पनि उनी २६ देखि ३१ अगस्ट २००७ सम्म जेलमा बसे।
मोनिका बेदी
अण्डरवर्ल्ड डन ‘अबू सलेम’सँगको सम्बन्धको मुद्दा
(१८ महिना पुर्तगाल र २१ महिना भारतको जेलमा बिताइन्)Monika Jail
  • सन् २००२ सेप्टेम्बरमा पुर्तगालबाट पक्राउ परेर १८ महिना जेलमा बसिन्।
  • सन् २००५ मा उनलाई भारतमा सरुवा गरियो।
  • सन् २००६ मा आन्ध्रप्रदेशको सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो, तर मोनिकाको आग्रहमा त्यसलाई ३ वर्ष मात्रै बनाइयो।
  • सन् २००७ जुलाईमा उनलाई जमानतमा बाहिर निकालिएको थियो भने सन् २०१० मा सर्वोच्च अदालतले जेलबाट मुक्त गराएको थियो।
शाइनी आहूजा
आफ्नै नोकरनीबाट बलात्कारको आरोप
(करीब ३ महिना जेलमा बसे)Shaini Jail
  • सन् २००९ जुन १४ मा उनलाई पक्राउ गरिएको थियो।
  • सन् २००९ अक्टोबरमा ५० हजार जरिवाना सहित उनलाई बाहिर निकालियो।
  • सन् २०११ मार्च ३१ मा अदालतले उनलाई ७ वर्षको सजाय सुनाएको थियो।
  • शाइनीले यसको विरुद्धमा सर्वोच्च अदालतमा अपील पनि गरेका थिए भने हाल सो मुद्दा अदालतमै अड्केर बसेको छ।
फरदीन खान
लागूपदार्थ बेचबिखनको मुद्दा
(१३ दिन जेलमा बसे)Fardin Jail
  • सन् २०१३ मे २१ मा उनलाई पक्राउ गरिएको थियो।
  • सन् २०१३ जुन ४ सम्म उनी जेलमा बसे।
  • हाल यस मुद्दा अदालतमै रहेको छ।
विन्दू दारा सिंह
कोकेन राखेको आरोप
(५ दिनसम्म जेलमा बसे)Bindu Jail
  • सन् २००१ मा सेन्ट्रल नर्कोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई हिरासतमा लियो।
  • ५ दिनसम्म उनी जेलमै बसिरहे।
  • पछि जमानतमा उनलाई मुक्त गरियो।
यो पनि हेर्नुहोस्-
सलमानको फार्महाउसमा सञ्जयको लागि पार्टी आयोजना गरिने
जेलबाट मुक्त भएपछि संजयले भने, ‘म आतंकवादी होइन’
गाउन आउँदैन आत्मकथा लेख्छु – करिना कपुर
बलिउड स्टारका पुराना मोडलिङ दिन, यस्ता थिए अहिलेका चर्चित कलाकार (फोटो फिचर)
हलिउडमा समेत चर्चित बलिउडका १० कलाकार