काठमाडौ ।
छ महिनासम्म भारतले गरेको नाकाबन्दीको राप र ताप लिएर प्रधानमन्त्री केपी ओली छ दिन भारत भ्रमणमा गए । भारत भ्रमणमा ओलीको स्वागत सम्मान राम्रो रह्यो । भारत भ्रमणको प्रमुख उदेश्य थियो नेपाल र भारतको बीचमा देखिएको असमझदारी हटाउनु ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चालिस मिनेट, दुई जनाको बीचमा मात्र कुराकानी भयो । कुराकानी फलदायी हुन नसकेको कुरा प्रधानमन्त्री अ‍ोलीले नै स्वीकार गरिसकेका छन् ।

Kp-oli-And-Modi

ओलीको सय चोट मोदीको एकै चोट
भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीले ठूलै घर सल्लाह गरे । प्रमुख दलका नेताहरुसंग छलफल गरे संसदमा सुझाव मागे । कुटनीतिक क्षेत्रका विज्ञसंग सुझाव मागे । जम्बो लाबालस्कर लिएर ओली भारत भ्रमणमा गए ।

ओलीले सोचे अनुसार भ्रमण फलदायी भएन । भ्रमणको क्रममा भारतले दिएको आतिथ्यता स्वागत संस्कारमा ओली दंग परे । मख्ख भए । ओलीले नै भने मलाई भारतले राजकीय सम्मान दियो । ओली र मोदीबीच छुट्टाछुट्टै कुराकानी भयो । संयुक्त रुपमा छलफल भयो । ओलीको जन्म दिनमा मोदीले पुष्प गुच्छा पठाए । स्वागत र सत्कार भरिपूर्ण रर्यो ।

तर सुनारको सय चोट लोहारको एकै चोट भनेझै प्रधानमन्त्री मोदीले नेपालको संविधान राम्रो भएपनि यसको सफल कार्यान्वयन संवाद र सहमतिमा निर्भर रहने भाषण दिए । जसले गर्दा ओलीको सय चोटी वेकामे बन्यो । छ दिनको बीचमा दुई देशका राष्ट्र प्रमुखबाट संयुक्त विज्ञप्ती आउने आशा र अपेक्षा गरेपनि विज्ञप्ती आउन सकेन र ओली जस्तो गएका थिए त्यस्तै नेपाल फर्किए। खासै उल्लेखिय सफलता हात पार्न सकेका छैनन् ।

ओलीले भारत जानु अघि भनेका थिए–मेरो कुनै एजेण्डा छैन, म भारत जान्छु भ्रमण गर्छु भारतलाई त्यही छोडेर नेपाल फर्कन्छु ।’

प्रचण्डको निष्कर्ष ओलीको भ्रमणले काम गरेन

Prachanda latest close up
सत्ता साझेदार एमाओवादीका अध्यक्ष प्रचण्डले ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको बताएका छन् । उनले भारत भ्रमणको बीचमा जसरी सफलता पाउनु पर्ने हो भ्रमणले उपलब्धिमूलक हुन नसकेको आफू निकट नेताहरुसंग भनेका छन् ।

उनले निकै ठूलो आशा गरिएपछि कुरा नबुझनु र कुरा राख्न नसक्नु विभिन्न कारणले भ्रमण फलदायी हुन नसकेको बताउने गरेका छन् । गृह मन्त्री वस्नेतले पनि प्रचण्डलाई भ्रमण फलदायी बन्न नसकेको सुनाएको बताइएको छ । संविधान जारी भएपछि बढेको असमझदारी हटाउन भारत अझै स्पष्ट हुन चाहेन जसको कारणले अझै पनि आशंका गर्ने ठाउं रहेको निष्कर्ष वस्नेताले प्रचण्डलाई सुनाएको एक नेताले बताए ।

यो पनि पढ्नुस्।

मधेसी मोर्चाभित्र ओलीकै खोजी

उद्योग राज्य मन्त्रीको गुनासो,’कारवाही गर्न थालौँ मलाई फुटबल खेल्छन्’

चीन सहित तीन देशलाइ शक्ति देखाउन अमेरिकाको अन्तरमहादेशिय मिसाइल परिक्षण