१३ साउन, पाँचथर । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा  भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालकलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मि‍ तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नकुल पोख्रेलले जानकारी दिए । रासस