१३ साउन, भोजपुर ।

गत असार १२ गते भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा मृत अवस्थामा भेटिएका तीन वालवालिकाको घटनाको विषयका नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सीआइवी) ले अनुसन्धान थालेको छ ।

प्रहरी नायव उपरिक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शआजदेखि अनसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यसअघि क्षेत्रीय प्रहरी कार्यालयले घटनाको अनुसन्धान गरिरहेको भए पनि, अव भने केन्द्रिय अनुसन्धान टोली अनुसन्धान थालेको हो ।

सो घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानियसंगै सघर्ष समितिले विरोधका कार्यक्रम गरिरहेका थिए । साथै संघर्ष समितिले अनुसन्धानलाई प्रभावकारी छिटो गर्न माग गर्दै हिजो जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको संघर्ष समितिको संयोजक राजकुमार खत्रीले जानकारी दिए ।

ध्यानकर्षण पत्रमा अनुसन्धान प्रक्रियामा सवैलाई ल्याउनु पर्ने, घटनाको दोषी चाँडो पत्ता लगाउनु, पर्ने लगाएत वुँदा समेटिएको छ । साथै अनुसन्धान प्रक्रिया शुरु भएकोले ७ दिन सम्मलाई कुनै पनि विरोधको कार्यक्रम नगर्ने संघर्ष समितिका संयोजनक खत्रीले वताए ।

गत असार १२ गते विहान स्थानिय रविन्द्र सापकोटाका १४ वर्षिय छोरा, रन्जित सापकोटा र स्थानिय चेतनाथ फुयाँलका १३ वर्षिय छोरी शुस्मा फुयाल र ८ वर्षिय छोरा प्रदिप फुयाल मृत अवस्थामा भेटिएका थिए ।

उनिहरु घर नजिकैको मर्याङ्ग डाँडामा रहेको स्थानिय तोरण कार्कीको माछा पोखरीमा मृत अवस्थामा भेटिएको थिए । उनिहरु गत असार १० गतेबाट हराएका थिए ।