१३ साउन, काठमाडौं ।

सरकारी प्रतिनिधि र अनसनरत चिकित्सक गोविन्द केसीका प्रतिनिधिबीच आज भएको वार्ता विना निष्कर्षस सकिएको छ । वार्तामा डा. केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ ।

वार्तामा सहभागी डा. केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार भोली फेरी वार्ता गर्ने सहमति भएको तर समय टुंगो लागेको छैन । आफनो माग प्रस्तुत गरेको जानकारी दिदै सिहंले थप गृहकार्य गरेर यस विषयमा पुनः छलफल हुने बताए ।

चिकित्सा सेवामा सुधारको माग गर्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी ५ दिनदेखि आमरण अनसनमा छन् । उनी आमरण अनसन बसेको यो ११औं पटक हो ।