९ माघ, कञ्चनपुर । महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ पुर्व–पश्चिम राजमार्ग अन्तर्गत भाषीबाट महेन्द्रनगर बजार ग्राभेल लिएर आइरहेको से १ क ८८७ नम्बरको टिप्परको ठक्करले साइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

मृतकको शव महाकाली अस्पतालमा राखिएको छ । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले ब्याक गरेर किचेको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले घटनास्थलमा तीन राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।