आजकल घर घरमा वाइ-फाइ बाट नेट चलाउने कुरा सामान्य हुन्छ । तपाइँ पाहुना बन्न जानु भो वा अरु तपाइँकोमा पाहुना बन्न आएभने एक अर्काको पासवर्ड शेयर गर्ने कुरा पनि चलन जस्तै भैसकेको छ ।

तर तपाइँलाई थाहा नहुन सक्छ पाहुनालाई पासवर्ड नदिइकन पनि इन्टरनेट चलाउन दिन सकिन्छ । यसका लागि पासवर्ड नभएर इन्टरनेट मात्र शेयर गर्ने तरिका थाहा हुनुपर्छ ।

wifi signal

यदि तपाइँको घरमा आएका पाहुनाको साथमा एण्ड्रोइड वा एप्पलको फोन छ भने उक्त फोनको क्यआर कोड पढेर पासवर्ड शेयर नगरी इन्टरनेट दिन सकिन्छ ।

आफ्नो वाइ-फाइको पेजको क्यूआर कोड तयार गर्नुस् र जसले त्यो प्रयोग गर्न चाहन्छ उसलाई क्यूआर कोड दिनुस् । यसो गर्दा पासवर्ड दिइराख्नु पर्दैन ।

कसरी गर्ने यस्तो ?

क्यूआर कोड तयार गर्ने अनलाइन क्यूआर जिल्ला वा ZXing जस्ता वेबसाइटको प्रयोग गर्न सकिन्छ । यस बाहेक कुनै पनि वेबसाइटको पनि क्यूआर कोड तयार गर्न सकिन्छ । यति कुरामा मात्र ध्यान दिनुस् कि तपाइँलाई यो वेबसाइटले वाइ-फाइ कनेक्सनका लागि क्यूआर कोड बनाउने अनुमति दिन्छ ।

wifi signal 1

यो वेबसाइटमा गएर आफ्नो इन्टरनेट कनेक्सनको बारेमा पुरै जानकारी, पासवर्ड, SSID, नेटकवर्कको नाम, एन्कोडिङ दिनुस् अनि त्यसपछि उक्त साइटले तपाइँको क्यूआर कोड जेनेरेट गरिदिन्छ ।

यसरी थाहा पाउनुस् अरुको बाई-फाई पासवर्ड

यसो गरेपछि जसले पासवर्ड माग्छ उसलाई क्यूआर कोड दिन सकिन्छ । यसो गर्दा तपाइँको डिभाइसमा कनेक्सन हुन्छ तर वाइ-फाइको पासवर्ड भने थाहा हुँदैन ।

वाइफाइ सिग्नल कमजोर आयो ? यी ९ काम गर्नुस्

तपाइँको राउटर अफ गरेपछि उक्त डिभाइसमा कनेक्ट गर्न पुनः क्यूआर कोड स्क्यान गर्नु पर्ने हुन्छ ।

आफ्नो घरको इन्टरनेट स्पीड कति छ, कसरी थाहा पाउने?