एजेन्सी।

पछिल्ला केहि समयमा सलमान खान र यूलिया वंतूरको प्रेम सम्बन्धको बारेमा धेरै खबरहरू आउन थालेका छन्। रोमानियाकी हिरोइन यूलियालाई आफ्नो परिवारसँग भेटघाट गराउन सहज होस् भनेर सलमानले उनको लागि हिन्दी भाषाको निजी प्रशिक्षक पनि राखिदिएका थिए। यस्तो खबर आएपछि सलमानले यूलियासँग चाँडै नै लगनगाँठो कस्छन् भन्ने अनुमान धेरैले गर्न भ्याएका थिए।Iulia Vantur and Salman Khan

तर, हाल आएर उनीहरूको सम्बन्धले अर्कै मोड लिएको खबर आउन सुरु भएका छन्। भारतीय मिडियामा चर्चा छ कि सलमानले यूलियासँग पहिलेभन्दा बढि रुखो व्यवहार गर्न थालेका छन् भने बिहेको लागि त उनी गम्भिर नै देखिँदैनन्।

सलमान र यूलियाको फोनमा भएको कुरा जसले पनि सुनेका थिए, उनीहरू भन्छन् कि सलमानले त्यस विदेशी सुन्दरीलाई जहिले पनि गाली गरिरहन्छन् र उनको कुरामा कतैबाट पनि माया झल्किएको देखिँदैन।salman and lulia 24118113

तथापी, सलमानसँग काम गर्ने फिल्म इण्डष्ट्रीका व्यक्तिहरूको भने कुरा अर्कै छ। उनीहरू भन्छन् कि यूलिया र सलमानको बीचमा एकदमै राम्रो दोस्ती छ र सलमानले यूलियाको लागि धेरै कुराहरू गरिसकेका छन्, तर सलमानको पनि आफ्नै व्यवहार र चिन्ता छ, बेला-बेलामा अदालतमा बोलाइराख्ने हुनाले पनि उनी चिन्तित भैरहन्छन्, त्यसैकारण यूलियासँग हाल त्यति राम्रोसँग कुरा हुन पाएको छैन।

केहि समय अगाडि सलमानलाई मुम्बईको एक गहना पसलमा गर-गहना किन्दै गरेको देखिएको थियो। त्यतिबेला सबैले यहि अनुमान गरेका थिए कि उनले चाँडै नै यूलियालाई बिहेको प्रस्ताव राख्न जाँदैछन्। तर अहिलेको यो खबरले भने सलमान अहिल्यै बिहे गर्न तयार छैनन् भन्ने पुष्टि गर्दछ।Salman and Lulia Vantoor

सलमान र यूलियाको भेट रोमानियामा भएको थियो, जहाँ सलमान ‘जय हो’ चलचित्रको एक गीतको लागि उचित ठाउँ खोज्दै थिए। पहिलो भेटमै दुवैको बीचमा राम्रो सम्बन्ध स्थापना भैसकेको थियो र सलमानले ‘म उसलाई माया गर्छु’ पनि भनेका थिए

यो पनि हेर्नुहोस्-
आफ्नो बडिगार्डको लागि ७ करोडको अफर छाड्दिएका थिए सलमानले
सलमानको हरेक कारको नम्बर प्लेट ‘२७२७’
“मैले भनेपछि सलमानले पक्का बिहे गर्छ”- आमिर
सलमानलाई विवाहको लागि अल्टिमेटम