बलिउड स्टार सलमान खानको विवाहको विषय उनको जीवनमा सबैभन्दा चर्चा गरिने पक्ष रहिआएको छ। ५० वर्ष कटिसकेका सलमानको विवाह किन भएन? उनले नचाहेर वा नपाएर?salman khan sad face

रोमानियाकी सुन्दरी लूलिया वेतुरसंग अहिले सलमानको सम्बन्ध नजिकिएको छ। उनका नजिकका सम्बन्धिहरुले यो पटक सलमानको विवाहको मौका गुमाउन नहुने बताउन थालेका छन्।

चुम्बन गर्दैगरेको लुलियाको तस्बिर भाइरल, सलमानसँग भएको चर्चा

चर्चा त यहाँसम्म भएको कि माता-पिताले यो वर्षको अन्त्य सम्म विवाह गर्न सलमानलाई अल्टिमेटम समेत दिएका छन्।

अप्रिलसम्म लुलियालाई लिएर विवाहको कुनै ठोस फैसला गरोस् भन्ने चाहन्छन् सलमानका माता-पिता। सबै कुरा ठिक रहे यो वर्षको डिसेम्बरसम्म विवाहको मिति समेत तय हुन सक्छ। माता पिताको अल्टिमेटम पछि सलमानले लुलियाल दुबई बोलाएका थिए। दुवैले एक साथ एक हप्ता दुबईमा छुट्टि मनाए।

सलमानकी पहिलो गर्लफ्रेन्ड, तय भएको विवाह नै रोकिएथ्यो

सलमान र लुलिया बिच के भयो, सो सलमानको जोडी नै जान्दछ। तर चर्चा छ कि दुबईमा विवाहको लागि सलमानले औँठी समेत किनिसकेका छन्।

यता सलमान फिल्म सुल्तानको सुटिङ छिटो सक्ने हतारमा छन्। पञ्जाबमा हुनु पर्ने सुटिङ मुम्बइमै सेट बनाएर सकिएको छ। फिल्मको सुटिङ छिटो सकेर सलमानले विवाह बारे घोषणा गर्ने सम्भावना बढेको छ।

यो पनि पढ्नुस्।
सलमानको ‘सुल्तान’ र शाहरुखको ‘रईस’ एकैदिनमा भिड्ने
जब सलमान सहित यी १० कलाकारले गरे अचम्मित पार्ने खुलासा
सलमानले ‘गर्लफ्रेण्ड’को हिन्दी सुधार्न निजी शिक्षक नियुक्त गराए