१५ फागुन।

रणवीरको विवाहको प्रस्ताव पहिले नै इन्कार गरेकी दिपिकाले अब संगै खेल्ने भनिएको फिल्मको लागि निर्मातालाई झुलाइरहेको खबर आउन थालेको छ।ranveer and deepika laughing

संजय भंसालीको फिल्म साइन गर्ने कुरा दिपिकाले त्यस्तै अड्काईराखेकी छिन्। रणवीर र दिपिकाको सम्बन्ध पनि पहिले झै नभएको चर्चा चल्न थालेका छन्।

मिडियाको सामु ‘गुड फ्रेन्डसिप’को ट्याग लगाएर घुम्ने गरेको यो जोडीको सम्बन्धको भविष्य सुरक्षित नभएको चर्चा चल्ने गरेका हो।

‘रामलीला’ र ‘बाजीराव मस्तानी’ पश्चात दिपिका र रणवीरको जोडीलाई संजय लीला भंसालीले आफ्नो नयाँ फिल्ममा फेरी लिन लागेका हुन। संजयले फिल्मको कथा रणवीरलाई सुनाएका थिए। आदित्य चोपरा र रोहित शेट्टीको फिल्ममा समय दिइसकेका रणवीरले सन् २०१७ को दिपावली पश्चात मात्र समय निकाल्न सक्ने संजयलाई भनेका थिए।

रणवीर पश्चात भंसालीले दिपिकासंग कुरा गरे। उनले कथा पनि सुनाए। दिपिकाले फिल्म अस्वीकार गरिनन् तर हुन्छ वा हुन्न पक्का कुरा गरिनन्।

हलिउड स्टार भिन डिजलसंग फिल्म सुटिङमा व्यस्त दिपिकाले यो पश्चात ब्राड पिटसँग फिल्म खेल्ने चर्चा छ। यदि यस्तो भएमा दिपिकाले सजिलै भंसालीको फिल्म र रणवीरलाई छोडी हलिउडकै फिल्मलाई बढी प्राथमिकता दिनेछिन्।

यो पनि पढ्नुस्।

चुम्बन गर्दैगरेको लुलियाको तस्बिर भाइरल, सलमानसँग भएको चर्चा

जेल सजाय भोगेका बलिउडका ५ सेलिब्रेटि