४ पुस, एजेन्सी।

शाहरुख र काजोलको नयाँ फिल्म ‘दिलवाले’ले अनुमान गरेझै ओपनिङ गरेको छ। कतै विरोध त कतै उल्लासका साथ शाहरुखको नयाँ फिल्मले रिलिज भएकै दिन निकै चर्चा कमायो। भारतमा मात्र ३००० पर्दामा देखाएको यो फिल्मसंगै अर्को प्रतिस्पर्धी फिल्मपनि संगै रिलिज भएको थियो।

dilwale_srk_varun_kriti

शाहरुख र काजोलको जोडीलाई पुन: संगै देख्न चाहने दर्शक यो फिल्मको प्रतिक्षामा थिए। रिलिज भएको पहिलो दिन बक्स अफिसमा यसले २० करोड को व्यापार गर्न सफल भएको छ।

भलै शाहरुखको यो नयाँ फिल्मले आफ्नै पुरानो रेकर्ड तोड्न सकेन तर संगैको प्रतिस्पर्धी ‘वाजीराव मस्तानी’ को कारण दर्शक बाँडिदा यतिको कमाइ गर्ने फिल्म रिलिज हुनुपूर्व नै अनुमान भने गरिएको थियो।

bajirao mastani ranbir deepika priyanka

त्यस्तै दिपिका पादुकोण, रणबीर सिंह र प्रियंका चोपडा अभिनत ‘वाजिराव मस्तानी’ ले पहिलो दिन १४ करोड भारु कमाएको छ। संजय लीला भन्साली र रणबीर सिंहको लागि यो फिल्म ठुलै सफलता मानिएको छ।

यो पनि पढ्नुस्।

ऐश्वर्या झै देखिनाले फिल्ममा अवसर पाएकी स्नेहा – फोटो फिचर

शाहरुखको फिल्मको भारतमा पाँच राज्यमा विरोध, केही ठाउँमा लाठी चार्ज
शाहरुख र काजोलको फिल्म सर्वाधिक महंगोमा भित्रियो नेपाल
सलमानलाई धकेल्दै शाहरुख फेरी बने सर्वाधिक कमाइ गर्ने सेलेब्रेटी