१९ भदौ, काठमाडौं ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी भूमिबाटै नेपाली चेलीहरुलाई तिजको शुभकामना दिएका छन् ।

यसरी दिइयो प्रचण्डको परिवारमा विनालाई वैधानिकता !

थाइल्याण्ड हुँदै हाल इण्डोनेशिया पुगेका ओलीले सामाजिक सञ्जाल ट्वीटरबाटै तिजको शुभकामना दिएका हुन् ।

2

उनले ट्वीटरमा लेखेका छन्, “संपूर्ण नेपालीहरूको सांस्कृतिक पर्व-तिजको उपलक्ष्यमा विशेष गरी नेपाली महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”।

 

तिजको शुभकामनासहितको ट्वीट १५ दिने विदेश भ्रमणमा निस्किएपछि उनले गरेको पहिलो ट्वीट हो । यस विचमा उनले कुनै पनि ट्वीट गरेका थिएनन् । थाइल्याण्डमा उपचार गराएपछि छुट्टि मनाउन र घुमघामका लागि उनी इण्डोनेशिया पुगेका हुन् ।

कसैको स्तन त कसैको हात खुट्टा, भाइरल भएका ८ अनौठा तस्बिर

पत्नीसहित गएका उनका केही तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार भएका एमाले नेता बिष्णु रिमालले ओलीका केही फोटोहरु ट्वीटरमा राखेका छन् ।

3

कसले बनायो मन्त्रीको सेक्स टेप ?

ओलीले देश बाहिर गएपछि कुनै पनि राजनीतिक ट्वीट गरेका छैनन् । यस अघि उनले ट्वीटरबाटै गायक खेम गुरुङ र पूर्व मन्त्री गोरे बहादुर खपाङ्गीको निधनमा  श्रद्धाञ्जली ब्यक्त गरेका थिए।