ठिक १२ वर्षअघि यसरी भएको थियो दोरम्वा हत्याकाण्ड

दोरम्बा घटनाःराष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यस्तो थियो,



राष्ट्रिय मानव अधिकार आयोग

रामेछाप, दोरम्बा घटना
अनुसन्धान समितिको स्थलगत निरीक्षण तथा प्रतिवेदन
२०६०

अनुसन्धान समिति

१.कृष्ण जंग रायमाझी संयोजक भूपू न्यायाधिस, सर्वोच्च अदालत
२. प्रेम बहादुर विष्ट सदस्य भूपू महान्यायाधिवक्ता
३. कनकमणि दिक्षित सदस्य पत्रकार
४. डां हरिहर वस्ती सदस्य चिकित्सक, फरेन्सिक विज्ञ
५. हरि फुयाल प्रतिनिधी राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगलाई प्रतिवेदन बुझाएको मिति २०६०।५।१९
विषय सूचि

१.समितिको गठन
२.समितिको कार्य पद्दती
३ं रामेछापको दोरम्बामा समितिको उपस्थिति
४.दोरम्बा घटनाको तथ्यगत विवरण
४.१ दोरम्बा परिचय
४.२ दोरम्बामा ने.क.पा.(माओवादी)का गतिविधिहरुः
४.३ दोरम्बा घटनाको विवरण
४.५ डाँडाकटरीमा गाडिएका १८ वटा मृतकहरुको नामावली
५. लाश अवलोकन प्रतिवेदन
६. घटनास्थलहरुको अनुसन्धानबाट प्राप्त तथ्यहरु
७. समितिको निष्कर्ष

संलग्न
संलग्न कागजजातहरुको सूचि
अनुभूतिहरु

१. समितिको गठन
राष्ट्रिय मानव अधिकार आयोगगले रामेछाप दोरम्बामा भएको भनिएको सुरक्षा फौज र नेकपा(माओवादी) बिचको भिडन्तको स्थलगत यर्थाथता छानविन गर्ने प्रयोजनको लागि मिति २०६० भाद्र ९ गते एक समितिको गठन गरेको सम्बन्धमा यस समितिका समितिहरुलाई मिति २०६०।५।९ मा दिइएको पत्र बाट जानकारी प्राप्त भयो । प्राप्त पत्रानुसार समितिको नामावली यसप्रकारको छ ।
१ कृष्ण जंग रायमाझी संयोजक भूपू न्यायधिस, सर्वोच्च अदालत
२. प्रेम बहादुर विष्ट सदस्य भूपू महान्यायाधिवक्ता
३. कनकमणि दिक्षित सदस्य पत्रकार
४.डा. हरिहर वस्ती सदस्य चिकित्सक, फरेन्सिक विज्ञ
५.हरि फुयाल प्रतिनिधी राष्ट्रिय मानव अधिकार आयोग

समितिको गठनको तात्पर्यता र क्षेत्राधिकार तथा मानव अधिकार र मानवीय कानूनको अनुगमनका सम्बन्धमा आयोगका सम्माननीय अध्यक्ष र माननीय सदस्यज्यूहरुले मिति २०६० भाद्र ९ मा जानकारी गराउनु भयो । आयोगले समितिलाई २०६० भाद्र १० मा रामेछापको दोरम्बा प्रस्थान गनुभन्दा पहिले शाही नेपाली सेना कार्यरथी विभाग (प्राड बिबाक) को पत्र संख्या २१२८(प्राड) ०६०÷६१÷२१९ द्धारा राष्ट्रिय मानव अधिकार आयोगलाई पठाएको ‘दोरम्बा घटनावारेको जानकारी विषयक’ पत्र प्राप्त भउको जानकारी गरायो । समितिले दोरम्बा घटनाको सम्बन्धमा पत्र पत्रिकामा प्रकाशित समाचारहरुको अध्ययन र दोरम्बा क्षेत्रको वारेमा जानकारी राख्ने काठमाडौंमा उपलब्ध व्यक्तिहरुबाट जानकारी लियो । मिति २०६० माद्र १० मा दिनको करिब १ः१० बजे समिति एयरपोर्टबाट हेलिकप्टरद्धारा रामेछाप जिल्लाको दोरम्बा प्रस्थान ग¥यो ।

सय समितिलाई स्थलगत निरिक्षणको लागि आयोगले अनुगमन कार्यादेश उपलब्ध गराएको थियो । कार्यदेशमा मुलतः घटनाको तथ्यवारे जानकारी लिने क्रममा समितिका सदस्यहरुले विवादमा संलग्न भएका पक्षहरु, स्थानीय प्रत्यक्षदर्शिहरु र घटनाको वारेमा सुनेर जान्ने व्यक्तिहरुको बयानको आधारमा सूचनाहरु ग्रहण गर्नु पर्ने, घटनाको वारेमा बयान लिँदा पीडित व्यक्तिको मानसिक तनाव, सुरक्षा र अनुसन्धानका आधारभूत सिद्धान्तहरुलाई सम्मान गरिनु पर्ने, सम्भव भए सम्म घटना घटेको ठाउँको स्थलगत भ्रमण गर्नु पर्ने, घटना स्थल प्रकृती झल्कने कागजात तयार गर्नु पर्ने, मानिसहरु मरेको भए सम्भव भए सम्म जिउमा गोली लागेको ठाउँ र दोहोरो भिडन्त भए नभएको सम्बन्धमा तथ्यहरुले प्रमाणित गर्ने गरि प्रतिवेदन तयार पार्नु पर्ने र घटनाको अनुगमन गर्दा भिडन्त भएको अवस्थामा महासन्धिको साझा घारा ३ को पालना भए नभएको निरिक्षण गर्नु पर्ने जस्ता कुराहरु समावेश गरिएका थिए ।

२.समितिको कार्य पद्दती
घटनाको छानविन सम्बन्धमा समितिले तथ्यहरु संकलन गर्ने प्रयोजनको निमित्त वारदात भएका स्थानहरुको स्थलगत अवलोकन गर्ने, वारदातलाई प्रत्यक्ष रुपले देख्ने व्यक्तिहरुको वयान लिने, गाडिएको भनिएका खाडलबाट लाशहरु निकाली अवलोकन गर्ने, मारिएको ठाउँको घटनाको प्रत्यक्षदर्शीको वयान लिने, फिल्म र भिडियो क्यामेराबाट तस्बीर लिने, घटना स्थलमा भेटिएका गोलीका खोका, चप्पल, हात बाधिएको भनिएको डोरी, जलाइएका झोला र अन्य सामाग्रीहरुको संकलन गर्ने र तिनीहरुको तस्बीर खिँच्ने कार्यहरु गर्ने, त्यस्तै घटनाबाट उम्कन सफल भएका भनिएका नेकपा(माओवादी)का कार्यकर्ताहरुको भनाई र घटनाका सम्बन्धमा सरोकारवाला व्यक्तिहरुको भनाईहरुलाई छुट्टाछुट्टै सुनुवाई गर्ने, वारदात भएका घटनास्थलहरुको प्रकृती मुचुल्का, लाशहरु गाडिएको ठाउँको प्रकृती मुचुल्का, लाशहरु निकाल्न आफन्तहरुको मन्जुरी र घटनास्थलमा समितिको रोहवरमा फेला परेका सामाग्रीहरु स्थानीय व्यक्तिहरुको समक्ष बुझाएको मुचुल्का तयार गर्ने कार्यहरु ग¥यो ।

३. रामेछापको दोरम्बामा समितिको उपस्थिति
मिति २०६०÷५÷१० गते करिब १ः३० बजे काठमाडौंबाट हेलिकप्टरद्धारा रामेछापको दोरम्बा बजार भन्दा पश्चिम पट्टि करिब २ कि.मि पर र कम उचाईको एउटा कान्लामा हेलिकप्टर अवतरण गर्न सफल भयो । वाक्लो कुहिरोको कारण दोरम्बा बजारमा हेलिकप्टर वस्न सकेन । स्थानीय व्यक्तिहरुको सहयोगसमेतबाट समितिका सदस्यहरु दोरम्बा बजार पगि काकलिङ्ग दोरम्बामा ………………… समेतको सहायताबाट स्थानीय स्वास्थ्य चौकीको आवास गृहमा समितिका सदस्यहरुको बसोबासको व्यवस्था गरियो । सम्पूर्ण स्थानीय व्यक्तिहरुलाई समितिको कार्यमा कुनै पनि तवरले हस्तक्षप र असर नर्पान तथा तथ्यहरुलाई प्रभाव नपार्न समितिले अनुरोध गर्यो । समितिलाई अनुसन्धानमा आवश्यक पर्ने श्रम, चिजवस्तु र सेवा स्थानीय व्यक्तिहरुबाट उपलब्ध गराइयो । श्रम, वस्तु र सेवाको मुल्य भुक्तानी गरियो । निरीक्षण र अनुगमनको क्रममा कुनै पनि पक्षबाट अवरोध सृजना गरिएन । स्थानीय व्यक्तिहरुले आफ्नो सुरक्षाको चासो राख्दै समितिलाई भरपुर सहयोग गरे ।

४. दोरम्बा घटनाको तथ्यगत विवरण

दोरम्बा घटना छानविन गर्न गठित अनुसन्धान समिति (जसलाई कतिपय संलग्न कागजातहरुमा ‘छानविन टोली’ समेछ भनिएको छ) ले संकलन गरेका घटनाको तथ्यगत विवरण निम्न अनुसार छः–

४.१ दोरम्बा परिचय
रामेछाप जिल्लाको दोरम्बा गाविस सदरमुकाम मन्थलीदेखि हवाइमार्गबाट १९ कि.मि. उत्तर पश्चिममा र मन्थलीबाट एक दिनको कठिन हिडाइमा अवस्थित छ । करिब ६५०० देखि ७००० फिटको उचाइमा रहेको दोरम्बा गाविसका बासिन्दाहरु मध्ये करिब ८५ प्रतिशत तामाङ, १० प्रतिशत मगर, ३ प्रतिशत दलित र २ प्रतिशत क्षेत्री बाहुनहरु रहेको स्थानीय व्यक्तिहरुले बताए ।

शैलुङ्ग लेकको जङ्गलको दक्षिणमा रहेको दोरम्बा गाउँ दक्षिण तर्फ सिन्धुली, उत्तर तर्फ दोलखाको क्षेत्रहरुको बिचमा पर्दछ । मोटरबाटोको सुविधा नभएपनि राजनैतिक चेतना भएको यस क्षेत्रमा माओवादीको प्रभाव रहेको बुझियो ।

दोरम्बा बजारस्थित गाविस भवन, प्रहरी चौकी ‘मार्स’ टेलिफोन लाइन, इलाका बन कार्यालय र हुलाक कार्यालय माओवादीद्धारा पूर्ण रुपमा भत्काइएका छन भने दोरम्बा स्वयम् तनाब ग्रस्त अवस्थामा भएको पाइयो । स्वास्थ्य चौकी र विद्यालयका कर्मचारी र शिक्षकहरु प्रायः दोरम्बा वा रामेछाप बाहिरका भएको बुझियो । गाउँका श्रोत साधन भएका युवाहरु र राजनैतिक दलका कार्यकर्ताहरु काठमाडौं र अन्यत्र विस्थापित भएको बुझियो भने कतिपय युवायुवतीहरु माओवादीमा संलग्न भई गाउँबाट बाहिर गएका भन्ने बुझियो । त्यस्तै कतिपय युवाहरु शाही सेना र प्रहरीमा भर्ना भएको भन्ने बुझियो । उत्पादनको रुपमा धान कम, मकै र कोदो ज्यादा र आलुको विऊ उत्पादन हुने यस क्षेत्रमा नेकपा माओवादी बाहेक अन्य राजनैतिक दलका कार्यक्रम र बैठकहरु हुने नगरेको बुझियो ।

४.२ दोरम्बामा ने.क.पा (माओवादी)का गतिविधिरु

दोरम्बा गाविसको विगतको स्थानीय निर्वाचनमा प्रायः जसो पदहरु नेपाली काङ्ग्रेसले जितेको बुझियो । नेकपा (एमाले) को पनि नेपाली काङ्ग्रेसकै हाराहारीमा समर्थन रहेको बुझियो । रामेछाप निर्वाचन क्षेत्र नं.२ मा पर्ने यो गाविसमा पहिलेदेखि नै संयुक्त जनमोर्चाका कार्यकर्ताहरु सक्रिय थिए भन्ने बुझियो । २०४८ सालको आम निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट संयुक्त जनमोर्चाका कमल चौलागाईले निर्वाचन जितेका रहेछन् । पछिल्ला निर्वाचनहरुमा क्रमशः पदम शंकर अधिकारी (नेपाली काङ्ग्रस) र रामहरि ढुङ्गेल (नेपाली काङ्ग्रेस)ले निर्वाचन जितेका रहेछन् । २०५५ सालदेखि आफ्ना गतिविधि तिव्र पारेको ने.क.पा (माओवादी)ले २०५९ सालदेखि दोरम्बा गाउँलाई आफ्नो ‘नियन्त्रण क्षेत्र’ घोषणा गरि ‘जिल्ला जनसरकार’ अन्र्तगत ‘गाउँ जनसरकार’ को ‘नियन्त्रण’ मा राखेको भन्ने पाइयो । दोरम्बा गाउँमा ने.क.पा(माओवादी) का दुईवटा ठूला–ठूला आमसभा आयोजना गरिएको थियो भन्ने बुझियो । हालसम्म पनि ने.क.पा (माओवादी) का राजनीतिक कार्यकर्ताको प्रायः उपस्थिति रहने र कहिलेकाहीँ सानो वा ठूलो समुहमा सशस्त्र माओवादीहरु हिड्ने गरेको यस ठाउँका जनसमुदाय पनि मनोवैज्ञानिक रुपमा ने.क.पा (माओवादी) को प्रभावमा रहेको भन्ने बुझियो । ने.क.पा. (माओवादी)ले आफ्ना राजनैतिक विरोधीलाई गाउँबाट बाहिर विस्थापित गर्ने प्रवृती रहेको बुझियो । सेना ५÷६ महिनामा एक चोटी गाउँमा आउने र ‘सर्च’ एवं गिरफ्तारी गर्ने गरेको बुझियो ।

४.३ दोरम्बा घटनाको विवरण
दोरम्बा घटना अनुसन्धान समितिद्धारा संकलित सूचना, बयान र अनुसन्धानका आधारमा यस घटनाको विवरण निम्नासार रहेको छ । घटना सम्बन्धि विस्तृत जानकारी संलग्न अनुसूचिहरुमा उपलब्ध छ ।

माओवादीहरुले बैठक बस्ने घर आफैले चयन गर्दा रहेछन र घरधनीहरुले त्यसमा सहमति जनाउनु पर्ने बाध्यता रहेको बुझियो । मिति २०६० श्रावण ३१ गते बेलुका ४ बजेतिर ने.क.पा(माओवादी) का गाउँ आसपास र अन्ततिरका कार्यकर्ताहरु दोरम्बा बजारबाट १ कि.मि पूर्वमा रहेको युवराज मोक्तानको घरमा जम्मा हुन थालेछन् । युवराज मोक्तान डडुवा गाविसमा पर्ने निजको घरभन्दा पारी पट्टीको डाँडाको एक प्राथमिक विद्यालयका शिक्षक रहेछन् । उनी विद्यालयको पुस्तक लिन काठमाडौं गएका रहेछन् । घटनापूर्वको वस्तुस्थितिको सम्बन्धमा युवराज मोक्तानकी श्रीमती………………को भनाई साराशमा यस्तो रहेको छः ‘म र मेरो २० बर्षिय जेठा छोरा लिला मोक्तान खेतमा काम गर्न गएका थियौं । घर फर्किदा माओवादीहरु घरभित्र पसि सकेका रहेछन । अन्तबाट आएका माओवादीहरु राती त्यहीँ बसे । उनीहरुले खाने सामल आफै ल्याएका रहेछन र पकाएर खाए । राती अबेरसम्म वार्तालाप गरिरहेका थिए । मिति २०६० श्रावण ३२ को बिहानैदेखि गाउँ र अन्यत्रका अरु माओवादी कार्यकर्ताहरु आउने क्रम जारी थियो । बिहान करिब ९ः३० बजे झाडापखालाले ग्रसित भएका मेरा श्रीमान युवराज मोक्तान काठमाडौंबाट दोलखाको मुडेमा बास बसी पैदल बाटोबाट सोही दिन घर आइपुगे । घरमा आएपछि उनले माओवादीको बैठक हुँदै गरेको थाहा पाए र उनी केही नबोली आराम र्ग माथिल्लो तलाको कोठाको ओछ्यानमा ढल्किए । मैले श्रीमानलाई पनि खान र आराम गरिराख भनि खेतको काममा बाहिर निस्किए । म घरबाट बाहिर निस्कँदा करिब १८/२० जना माओवादीहरु घरभित्र थिए र करिब १०÷१२ जना माओवादीहरु घर बाहिर आँगन र डिलमा कुरा गरिरहेका थिए । घरभित्र भउकाहरु मध्ये कतिपय भान्सामा खान पकाई रहेका थिए । उनीहरुले आफैले ल्याएका खसी काटी मासु बनाउने र पकाउने क्रममा लागेका थिए ।’

त्यस दिन बिहानैदेखि गाउँमा बाक्लो कुहिरो लागेको र सिमसिम पानी परिरहेको भन्ने स्थानीय ब्यक्तिहरुले बताए । मन्थलीबाट गाल्वा आई सेना बास बसेको भन्ने बुझियो । दोरम्बाबाट करिब २ घण्टा दक्षिणतिरको हिँडाईमा रहेको गाल्वा गाउँबाट सेनाहरु सिभिल ड्रेसमा कसैले गञ्जि र हाफपेन्ट, हाप ज्याकेट र रनकोट लगाई हतियार लुकाई दोरम्बा बजारतिर आएको भन्ने बुझियो । दोरम्बा क्षेत्रमा करिब ८० जना सेनाहरु प्रवेश गरेपछि कोही स्वास्थ्य चौकी भन्दा माथिको डाँडामा, कोही विद्यालय छेउको डाँडामा, कोही बजार क्षेत्रमा, कोही बजारभन्दा पूर्वतिरको गाउँमा र दुई टोली सेना स्वास्थ्य चौकी भन्दा पूर्वतिर रहेको युवराज मोक्तानको घरतिर विभाजित भएको बुझियो । सेनाहरु विभिन्न टोलीमा भएकोले गाउँमा निजहरुका विभिन्न क्रियाकलाप एकै समयमा भई रहेको बुझियो । गाउँमा एक माओवादी कार्यकर्ता ‘रामकुमार’ को ‘संगीता’सँग विवाह हुँदैछ भन्ने प्रायः सबैलाई थाहा रहेछ । सेनाले गाउँलेलाई ‘रामकुमारको विवाह कहाँ हुँदैछ भन’ भनेर सोधेको बुझियो । बजारमा भएका सेनाले पसलमा दालभोठ चिउरा मागि खाएका रहेछन् भने बजारभन्दा पूर्वतिरको गाउँमा रहेको सेनाको एक टोलीले जाँड रक्सी पनि खाएको भन्ने बुझियो । पानी परेको चिसोमा बर्षादी लगाएका सेनाले बजारमा पहरा दिई रहेको बुझियो । विद्यालय छेउमा भएको सेनाको टोलीले विद्यालयमा गई ‘……………..र …………….. सर कहाँ छन’ भनि सोधेछन् । शिक्षक…………… विद्यालयमा नभएकोले शिक्षक …………….लाई ‘क्याप्टेन साव’ भएको ठाउँमा ल्याई आफू माओवादी भए नभएको, चन्दा दिए नदिएको सम्बन्धमा सोधी खोजी गरेछन् र केही वेरपछि धम्क्याएर छाडिदिएछन् । निज………………..लाई छाडिदिँदा युवराज मोक्तानको घरबाट पक्राउ गरेका व्यक्तिहरुलाई ल्याईसकिएको भन्ने बुझियो । (अनसूचि २,………को बयान)

यसै बिचमा सेनाले बजार क्षेत्रमा कतिपय ब्यक्तिहरुलाई माओवादीलाई रासन खुवाएको र विभिन्न सर–सहयोग गरेको भनि केरकार गरेको बुझियो भने गाल्वातिरबाट दोरम्बा बजार आउने बाटोमा भएको माओवादीको स्वागतद्धार सेनाले भत्काईदिएका रहेछन् । गाउँलेहरुको आवागमन र चहलपहललाई ठाउँ–ठाउँमा बसेका सेनाहरुले निषेध गरेको बुझियो । स्थानीय व्यक्तिहरुको भनाई अनुसार उक्त सुरक्षा फौजको टोलीको नेतृत् एक मेजर र एक क्याप्टेनले गरेको भन्ने बुझियो ।

करिब १०ः३० बजेतिर बन्दुक पड्किएको आवाज सुनिएछ । सेनाले युवराज मोक्तानको घर ‘सि’ आकारमा घेरेको भन्ने बुझियो । पल्लो पाखाको डडुवा गाउँबाट बैठकमा भाग लिन पूर्वतिरबाट आउँदै गरेका ‘विवेक’ भनिने टेक वहादुर थापामगर युवराजको घर नजिकैको डिलबाट सेनाको गोली लागेर ढलेछन् । निज सँग आउँदै गरेका ‘राजन’ भन्ने एक व्यक्ति र अर्को एकजना नाम खुल्न नसकेको व्यक्ति भाग्न सफल भएछन् । यसैविचमा घर बाहिर भएका माओवादी कायकर्ताहरु सेना आएकोदेखि कान्लाबाट हाम फाल्दै भाग्न सफल भएछन् । घर भित्र भउकाहरु मध्ये ‘…………………’ भनिने एक व्यक्ति माथिल्लो तलाको ग्रिल नभएको झ्यालबाट हमफाली भागेछन् । तलामुनि भएका २० जना मध्ये ‘ललित’ भनिने एक व्यक्ति ढोकामा भएका सेनालाई धक्का लगाउँदै चर्पीतिरबाट कान्लामुनि हामफाली उम्कन सफल भएछ्न । यी सबै घटनाहरु भइरहँदा सेनाको तर्फबाट धेरै राउण्ड गोली चलिसकेको भनिन्छ । घरका बाहिरी भित्तामा, छानामा र घरभित्र भएको स्वर्गीय राजारानीको तस्बीरमा गोली लागेको देखियो । (अनुसूचि १, घटनास्थल प्रकृती मुचुल्का)

युवराज मोक्तान र निजका छोरा लिला मोक्तान सहित १९ जनालाई सेनाले घरभित्र प्रवेश गरी हात माथि उठाउन लगाइ क्रमशः बाहिर निकालेको बुझियो । बाहिर निकालिएका प्रत्येक व्यक्तिहरुको हात पछिलतिर बाँधी घरभन्दा माथिको डिलमा लडाइएको बुझियो । सेनाले घर खानतलाशी गरेछन् । माओवादीहरुले पकाएको खाना सेनाले पोखी दिएको, दहीको ठेकी फुटाइ दही छरपस्ट पारिदिएको, घरभित्रको ऐना फुटाइ दिएको भन्ने बुझियो । घर भित्र भएका माओवादीहरुका झोला, एउटा थ्री–नट–थ्री बन्दुक, दुईवटा पेस्तोल, १४ वटा सकेट बम सेनाले कब्जामा लिएछन् । घरधनी……………,निजकी छोरी र छोराहरुका लत्ता कपडा र कागजात घरबाहिर आँगनमा निकाली सेनाले जलाइदिएको र भाँडाकुडा फुटाइ दिएका रहेछन् । विभिन्न सामाग्रीहरु जलाइएको ठाउँ समितिले अवलोकन ग¥यो । जलाइएका कागजहरु मध्ये दुईवटा नागरिकताका प्रमाणपत्रहरु …………..बाट प्राप्त भयो । युवराज मोक्तानमो घरमा भइरहेका घटनाहरु निजको घरभन्दा केही लत जम्मा भउका गाउँलेहरुले हेरिरहेका रहेछन् । तर उनीहरु घटना भएको ठाउँमा आउन सकेनछन् र सेनाहरु पनि गाउँले भएको ठाउँतिर गएछन् । (अनुसूचि १, घटनास्थल प्रकृति मुचुल्का)

उल्लेखित घटनाको करिब १ घण्टापछि अन्दाजी ११ः३० बजेतिर सेनाहरुले पक्राउ परेका व्यक्तिहरुलाई हात पछिल्तिर बाँधी कसैलाई अघि र पछि एउटा–एउटा झोला र कसैलाई एउटा मात्र झोला बोकाई ५÷७, ५÷७ जनाको समुह बनाई स्वास्थ्य चौकी भएतिर अघि बढाएछन् । केही गाउँलेहरुले तीन जना सेनाले एक महिलालाई युवराज मोक्तानको घरबाट गएको केही बेरपछि गाउँलेहरु सो घरमा जम्मा भएछन् । घर नजिकै “विवेक” भनिने टकवहादुर थापामगरको लाश छाती र पेटमा गोली लागि ढलेको अवस्थामा भेटिएको र निजको लाशकै छेउमा मट्टितेलको जरकिन पनि भेटिएको गाउँलेहरुले बताए । युवराज मोक्तानको घर माथि डिलमा “कोही महिला” को फ्रक र सल गाउँलेले फेला पारेको बताए । निज “उषा” नाम गरेकी १८ बर्षकी महिला भएकी र निजको स्थिती हालसम्म अज्ञात रहेको बुझियो । निज “विवेक” भनिने टेकबहादुर थापामगरको लाश २०६० भाद्र १ गते निजको आफन्त र गाउँलेहरुले युवराज मोक्तानको घरभन्दा करिब १५० मिटर दक्षिण–पश्चिम तिरको चिहानडाँडा भन्ने ठाउँमा ल्याई आडिदिएको बताई ठाउँसमेत समितिलाई देखाई दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई स्वास्थ्य चौकी र विद्यालयको बाटो हुँदै दोरम्बा बजारबाट उकालो लगाइएछन् । बजारबासीहिरुलाई सेनाले सबै “घर, पसल बन्द गरी घर भित्र पसि बस” भनेपछि झ्यालबाट चिहाएर हेर्दा गाली गलौज गर्दै पछिल्तिर हरियो कपडाले हात बाँधी झोला बोकाएरु लाइनमा मानिसहरु लगेको देखिछन् । उनीहरुले युवराज मोक्तान, निजको छोरा लिला, ठूलोराम, सानोराम, लक्ष्मण, “ललिता”, विष्णुमाया थापामगर, चतुरमान थामी आदिलाई चिन्न सके तर सबैलाई ठम्याउन सकेनछन् । शैलुङ्ग हुँदै दोलखाको मुडे जाने बाटो दोरम्बा बजारको उत्तरपट्टि छेवैको उकालो हुँदै सेनाको लस्कर र समातिएका व्यक्तिहरु हिडेछन् । उकालोको आधि जतिमा रहेको बाँसबाट बनाएको माओवादीको स्वागत द्धारलाई भत्काउँदै सैनिक सहितको सो जमात शैलुङ्गतिर बढेछ । कुहिरोले बाटो परसम्म नदेखिने भए पनि बजारको छेवैबाट बाटो छुट्टिने भएकोले त्यतातिरबाट लगेको देख्न सकिने र सेनाले बजार छोडे पछि गाउँले बजारको सिरानमा जम्मा भएका कताबाट लग्दो रहेछ भनेर हेरिरहेको बुझियो ।

तेर्सो बाटोबाट देउरालीसम्म पु¥याए पछि मुडे जाने शैलुङ्गको बाटो नलगि केही कारणवशं एक्कासी लक्ष्य फेरवदल गर्ने निर्णय गरे जस्तो गरि सेनाले “बाहुन चुरा” जाने बाटो सोधे भनि स्थानीय…………………………………..ले समितिलाई बताइन् । त्यहाँबाट डाँडाकटेरीतिर जाँदै गरेको र हात बाँधेका व्यक्तिहरु देखेको भनि स्थानीय गोठाला बर्ष…………….का …………………………..ले समितिलाई बताए । निजले करिब एक घण्टापछि एकोहोरोरुपमा बन्दुक पड्केको आवाज सुनेको भनि बताए । केही सेनाले बाटोेमा काँक्रा मागेर खाई, २ः१५ तिर पुरै डफ्फा डाँडाकटेरी पुगेका भन्ने बुझियो । डाँडाकटेरीमा समातिएका मानिसहरुलाई उभ्याएर धेरैजसो सेनाहरु अघि बढे भनि स्थानीय………………………………….ले समितिलाई बताए । स्थानीय बर्ष …………का ………………..ले दिएको बयान अनुसारः “थोरै सेनामात्र (लाम लगाईएको) को ठाउँमा बसे, सेनाले पक्राउ परेका व्यक्तिहरुलाई लाम लगाउँदै थियो । आफूहरु आएको दिशातिर फर्केर एउटा सेनाले बन्दुक ताकि रहेको थियो । म…………कोमा बोका लिन जाँदै थिए । लाम लगाएको ठाउँमा खलवल थियो । ठूला राम चिच्याउँदै थियो । एउटी महिला ‘मा¥यो नि ! मा¥यो’ भन्दै निकै बेरसम्म कराइरहिन, मैले लाम लगाएको देखे । लाम लगाउने ४÷५ जना सिभिल ड्रेसका सिपाही थिए र मलाई बन्दुक बोकेको सेनाले ‘तिमी गई हाल बुढा गई हाल’ भन्यो म करिब २० कदम मात्र हिडेको थिए मेरो कानै उछिट्टिने गरी बन्दुक पड्क्यो र कराउँदै गरेकी महिलाको आवाज पनि रोकियो । त्यस ठाउँमा भिडन्त भएको होइन लाइन लगाई बिजोगले मारेको हो ।” (अनुसूचि ४, ………………………………………को बयान)

निज व्यक्तिहरुको हत्या भएपछि सेना निलागपानी हुँदै सुर्के तिरबाट मन्थली लागेको सुर्केमा पढ्ने विद्यालयका विद्यार्थीहरुले देखेको बुझियो । त्यही दिन विद्यालय छुट्टि भएपछि सुर्के देउरालीमा पढाउने दोरम्बाका शिक्षकहरु …………………………………..घर फकर्दा निजहरुले सिभिल ड्रेसमा हतियार बोक्ने मानिसहरु सुर्केमा देखेको र निगालपानी आइपुग्दा स्थानीय व्यक्तिहरुले डाँडाकटेरीमा धेरै गोली चलेको सुन्यौ भनेपछि डराउँदै आएको, र करिब ५ बजे त्यहाँ आईपुग्दा बाटो भरी रगत, गिदी, खोपडीका टुक्राहरु देखेको र तल भिरमा ९÷१० वटा जति लाशहरु देखेपछि हामीलाई पनि खतरा हुन सक्छ भनि छिटो–छिटो घर (दोरम्बा) तिर आउँदा बजारका मानिसहरुलाई घटना बताएपछि बजार रुवावासी र कोलाहालमा परिणत भएको भन्ने जानकारी समिति समक्ष प्राप्त भयो । ( अनुसूचि ५,…………………………………………………..को बयान)

४.४ समितिका सदस्यहरुद्धारा घटनास्थलको जाँच
२०६०।५।११ मा अनुसन्धान समितिका सदस्यहरु घटना भएको स्थानमा पुग्दा स्थानीय डाँडाकटेरी, डडुवा, निगालपानी र दोरम्बाका गरी करिब ६०÷७० जना जति व्यक्तिहरु जम्मा भएका थिए । समितिका सदस्यहरुद्धारा घटना भएको ठाउँको अवलोकन गरियो । घटना घटेको ठाउँमा अघिल्लो रातको भिषण बर्षाको कारण सानो पहिरो गएकोले एक समुह लाशहरु खसाईएको भनिएको ठाउँको केही अंश पुरिएको पाइयो । पहिरो नगएको भागमा १७ वटा गोलीका खोकाहरु भेटिए, त्यस्तै पुरुष र महिलाको गरी ७ थान चप्पल, हात बाँधेको भनिएका हरियो र अन्य रंगका डोरीको रुपमा प्रयोग गरिएको कपडाका टुक्रा, दुईवटा पकेट काइँयो, एउटा दाँत माझ्ने ब्रस, एउटा ढाकाको टोपी, बाटाको दायाँ बाँया तरिएको टाउकोका हड्डीका टुक्राहरु भेटिए (अनुसूचि १०, सामान बुझाएको मुचुल्का) घटना भएको ठाउँको बाटोका भित्तामा बन्दुकका गोली लागेर ठाउँ ठाउँमा खोस्रिएको देखियो । घटना करिब ४ फिट चौँडाको गोरेटो बाटोमा भएको बुझियो । गोरेटोको उत्तरतिर जाने त्यो बाटोको करिब १५० मिटर पर गएपछि झोला, कागज, कपडा, स्ट्याम्प प्याड र दैनिक प्रयोगमा आउने समानहरु जलाइएको थुप्रो पाइयो । गाउँलेहरुले दिएको विवरण अनुसार १९ वटा लाश त्यहीँ पाखामा खसालिएको अवस्थामा पाइयो । ११ वटा लाशहरु खप्टीएको अवस्थामा एकै ठाउँमा र अन्य लाशहरु तल–तलसम्म छरिएका थिए भन्ने बुझियो । घटनास्थलबाट करिब ३० मिटर तेर्सो माथि पाखामा माथिल्लो लाइनमा ७ वटा, बीचको लाइनमा ८ वटा र तल्लो लाइनमा ३ वटा लाशहरु स्थानीय व्यक्तिहरुले गाडेको ठाउँ देखियो । स्थानीय व्यक्तिहरुको भनाइ अनुसार घटना भएको तेस्रो दिन नेकपा (माओवादी) का कार्यकर्ताहरु सहितको उपस्थितिमा गाउँलेहरुले लाश गाडेको रहेछन् ।

घटना डाँडाकटेरीमा पुगेपछि समितिले अनसन्धानको लागी गाडिएका लाशहरु जाँच गर्न उपयुक्त सम्झ्यो । डाँडाकटेरीमा त्यसदिन उपस्थित भएकाहरु मध्ये ७ जना मृतकका आफन्तहरु पनि थिए । मृतक व्यक्तिहरुको के–कस्तो ठाउँमा लागेको रहेछ जाँच गर्ने मन्जुरी दिनुहोस् भनि सोधनी गर्दा मृतकका परिवार र उपस्थित सदस्य तथा उपस्थित स्थानीय व्यक्तिहरुले मन्जुरीनामा लेखि दिए । (अनुसूचि ६, मन्जुरीनामा लेखि दिए । (अनुसूचि ६, मन्जुरीनामा) लाशहरु क–कस्का हुन चिनाई दिनुस् भनि सोधनी गरियो । स्थानीय व्यक्तिहरुको सहयोगमा सम्पूर्ण १८ वटा लाशहरु शवोत्खनन् गरी जाँच गरियो । एक जना चतुरमान थामीको लाश निजका परिवारजनहरुले लगि आफ्नो रित अनुसार जलाएको थाहा पाइयो ।

४.५ डाँडाकटेरीमा गाडिएका १८ वटा मृतकहरुको नामावली यस प्रकार छः (अनुसूचि ७, मृतकहरुको नामावली)

क्र.सं. नाम     उपनाम      ठेगाना
१. बाबुराम लामा ‘पुष्प’ रामेछाप, बथान–५
२. अम्बिका दाहाल ‘ललिता’ इकुडोल–६,ललितपुर
३. प्रदिप दोङ्ग ‘रक्तिम’ बेथान–५, रामेछाप
४. नाम नखुलेकी ‘संगीता’ डडुवा–४,रामेछाप
५. हर्कवहादुर तामाङ ‘यर्थाथ’ फुलासी–८,रामेछाप
६. रवि चौहान ‘समीर’ गेलु–५, रामेछाप
७. उमा कार्की ‘साहारा’ चनखु–९, रामेछाप
८. श्याम तामाङ्ग ‘इन्क्लाव’ चनखु–९, रामेछाप
९. पदमराज गिरी ‘असल’ पुरानागाउँ–८, रामेछाप
१०. विष्णुमाया थापामगर ‘विमा’ दोरम्बा–१, रामेछाप
११. ठूलोराम तामाङ्ग ‘छोक्पा’ दोरम्बा–३, रामेछाप
१२. सानोराम तामाङ्ग ‘तारा’ दोरम्बा–३, रामेछाप
१३. लक्ष्मण तामाङ्ग ‘छाया’ दोरम्बा–३, रामेछाप
१४. नाम नखुलेका ‘जमिन’ धनुषा
१५. नाम नखुलेका ‘सोम’ काभ्रेपलाञ्चोक, चौवास
१६. नाम नखुलेकी ‘विमला’ सोलुखुम्बु
१७. युवराज मोक्तान (बाबु दोरम्बा–२) रामेछाप
१८. लिला मोक्तान (छोरा, दोरम्बा–२) रामेछाप

अन्य मृतकहरु
क्र.सं. नाम उपनाम ठेगाना
१. टेकवहादुर थापामगर ‘विवेक’ दोरम्बा–१ रामेछाप
२ चर्तुरमान थामी ‘समर’

बेपत्ता भएको भनिएकी महिला
क्र.सं. नाम उपनाम ठेगाना
१. नाम नखुलेक ि‘उषा’ सिन्धुपाल्चोक

(नोटः माथि उल्लेखित नाम, उपनाम र ठेगाना नेकपा माओवादी श्रोतबाट समितिलाई उपलब्ध गराइएको हो ।)

५. लाश अवलोकन प्रतिवेदन
मिति २०६०।५।११ गते विहीबार दिनको १ बजे रामेछापको दोरम्बा गाविस–९ डाँडाकटेरीमा मूल बाटोको नजिकै चउरमा भर्खरै खनेको जस्तो देखिने डोवहरु भएको ठाउँमा १८ वटा लाशहरु गाडेको भनि मृतकका नातेदार तथा अन्य गाउँलेहरुको भनाई अनुसार शवोत्खन्न (exhumation) गरी लाशहरुमा के–कस्ता चोटहरु छ सो को अवलोकन गर्न उपयुक्त सम्झी समितिले करिब ६०–७० जना स्थानीय वासिन्दाहरुको सहमति तथा सहभागितामा सबै लाशको अवलोकन, फोटो लिने, भिडियो खिच्ने र अभिलेख गर्ने काम ग¥यो । उक्त स्थानमा आलो डोवहरु भएका १८ वटा लाइन थिए जसमा माथिबाट पहिलोमा ७ वटा, दोस्रोमा ८ वटा र तेश्रोमा ३ वटा लाश गाडिएको ठाउँ देखिन्थे । माथिबाट दायाँ तर्फ सुरु गरी डोवहरुलाई १ देखि ७, ८–१५ र १६–१८ सम्म नम्बरहरु दिइयो र एक–एक गदैं माटो निकाली लाशमा भएका चोटहरुको अवलोकन, फोटो खिच्ने तथा टिपोट गर्ने काम गरियो । जसमा प्राप्त भएका विवरण अनुसूचिमा दिएको छ । (अनुसूचि ८, लाश जाँच प्रतिवेदनहरु)

१८ वटा मध्ये ५ वटा (नं ८,९,११,१३, र १४ महिलाहरुको लाश थिए भने बाँकी १३ वटा पुरुषहरुका थिए । सबै मृतकहरुले विभिन्न प्रकारका सामान्य लुगा लगाएका देखिन्थे र बाहिरबाट सेतो कपडा र सो माथि हँसिया हथौंडा अंकित झण्डाको कपडाले ढाकिएको थियो । सबै लाशहरु डिकम्पोजिसनले गर्दा दुर्गन्धित थिए । लाशमा भएको चोटपटकहरु राइफल फायरआर्म (firearm) हतियारबाट भएका मिल्दाजुल्दा थिए । १८ मध्ये १५ वटा लाशहरुका टाउकोमा चोटहरु थिए ।(सबै महिलाहरुको शवका टाउकाका माथिल्लो भाग उडेको चोटहरु पाइयो ।) टाउकोका चोटहरु भएका प्रायः सबै लाशहरुमा गिदी नभएको र अधिकाशं हड्डीका टुक्राहरु समेत हराएका थिए । टाउकोमा चोट लागेको १५ वटा लाशहरु मध्ये ४ वटा लाशका टाउकोमा पूर्ण रुपले खप्पर नभएको हुँदा गोली पसेको ठाउँ (entry) तथा निस्केको (exit) छुट्टै ठाउँ भेटिएनन् । केही लाशमा entry मा पनि exit मा जस्तै ठूलो चोट पाइयो ।

१८ वटा लाशहरु मध्ये १० वटा लाशहरुमा अगाडीबाट गोली लागेको देखियो भने २ वटामा पछाडीबाट र अन्यमा साइडबाट लागेको भेटियो । २ वटा लाशमा मात्र एकभन्दा बढी गोली लागेका छन् जसमा एउटामा टाउको तथा छाती र अर्कोमा घाँटी तथा छातीमा चोट लागेको छ । एउटा लाशमा एउटा मात्र गोली दाँया पाखुराबाट पसेर निस्केको देखिन्छ । एउटा लाशमा भने बाहिरबाट कुनै पनि चोट देखिएन । डिकम्पोजीसनको कारण र बर्षातको पानीबाट पखालिएका जस्तो देखिने हुँदा कति टाढाबाट गोली लागेको हो बसैमा एकीन गर्न कठिन भएता पनि केही लाशहरुमा entry/exit छुट्टै नभएको तथा अन्य केहीमा ठूलो भलतचथ समत पाइएका आधारमा नजिकबाट गोली लागेको देखिन्छ । घाउ भित्र कहीँ पनि गोली अड्किएको पाइएन । लाशको डिकम्पोजिशन भएको अवस्था, गहिरो गरी माटोमा गाडिएको कारण तथा भौतिक तथा मानविय श्रोतको अभावनले गर्दा लाशलाई बाहिर निकाली पूर्ण जाँच(complete autopsy) गर्न नसकिएता पनि घाउचोट भएका ठाउँहरुको राम्रोसँग अवलोकन(observation) गरी टिपोट गर्न सकियो ।

सबै लाशहरु अनुसन्धान पश्चात स्थानीय वासिन्दाहरुकै सहमति तथा सहयोगमा सोही स्थानमा माटोले पुरी यथाअवस्थामा छोडियो ।

 

६. घटनास्थलहरुको अनुसन्धानबाट प्राप्त तथ्यहरु
१. गाउँमा माओवादीहरु आएका छन् र युवराज मोक्तानको घरमा बैठक र माओावादी कार्यकर्ता रामकुमार र संगीताको विवाह हुँदैछ भन्ने हल्ला गाउँमा पहिला देखिनै चलेको पाइयो ।
२.मन्थलीबाट गाल्वाको बाटो हुँदै बिहान सबेरै सेना दोरम्बातिर लागेको र सिभिल ड्रेसमा हतियार लुकाई दोरम्बासम्म आइपुगेको पाइयो ।
३. नेकपा(माओवादी) को बैठक युवराज मोक्तानको घरमा वसेबो र त्यहाँ आफू भित्रका मनमुटाव मिलाउने र संभवत ‘विवाह’ को कार्यक्रम पनि रहेको बुझिन आएको र यो एक माओवादी राजनैतिक कार्यकर्ताहरुको बैठक भएको पाइयो ।
४.घरभित्र भएका १९ जना सबै गिरफ्तारीमा परी पतिल्तिर हातबाँधी करिब ३ घण्टाको उकालो ओरालो बाटो हिडाइएपछि गोरेटोमै लाइनमा लगाएर सबैलाई नजिकैबाट प्रायः टाउकोमा गोली हानी हत्या गरिएको पाइयो ।
५.मृतकहरुको झोला, घडी र अन्य सामाग्री झिकी लाशहरु भिरालो पाखोबाट खसाई एक माथि अर्को गरी धेरैजसो लाशहरु थुप्रोमा भएको विश्वासनिय सूचना पाइयो । निजहरुका झोला, डायरी, कागजातहरु र अन्य करिब १५० मिटर जति पर लगि जलाई दिएको देखियो ।
६. सेनाको नेतृत्वमा भएको संयुक्त सुरक्षा फौजको टोलीको नेतृत्व एक मेजर सहित एक वा एक भन्दा बढी क्याप्टेनले गरेका हुन सक्ने बुझियो ।

७. समितिको निष्कर्ष
दोरम्बा घटनाको अनुसन्धानको क्रममा स्थानीय वासिन्दाको बयान र अनुसन्धान समितिले संकलन गरेको भौतिक प्रमाणको आधारमा १८ माओवादी कार्यकर्ता र दुई गैर माओवादीको हत्या गरिउको र एकको स्थिति अज्ञात रहेको पाइयो (अनुसूचि १४) । मर्नेहरु राजनैतिक भेलामा बसेको बेला समातिएको पाइयो । आफ्नो कब्जामा रहेका निजहरुलाई हात बाँधेकै अवस्थामा नजिकबाट गोली चलाईएको र सोही कारण मृत्यु भएको निश्कर्षमा समिति पुगेको छ । स्थानीय प्रत्यक्षदर्शीहरुको बयान र लाशहरुको शवोत्खनन्मा देखिएका लक्षणहरु मेल खाएको पाइयो । साथै उक्त बयानहरुलाई मृतकहरुको लाश गाडिनु अघिको शरीरिक अवस्थाको तस्बीर तथ शवोत्खनन्को क्रममा खिचिउको तस्बीर र भिडियोले पनि पुष्टि गरेको पाइयो ।

छानविन समितिको स्थलगत अनुसन्धान अनुसार एक जना ‘विवेक’ भनिने टेक वहादुर थापामगर युवराज मोक्तानको घर छेउमा २०६०।४।३२ मा करिब १०ः३० बजे सेनाको गोली लागि मृत्यु भएको र डाँडाकटेरी भन्ने ठाउँमा सोही दिनको २ः३० बजेतिर १९ जनाको मृत्यु भएको पाइयो । मारिएका जम्मा २० व्यक्ति बाहेका एक जना ‘उषा’ भन्ने महिलाको स्थिति अज्ञात रहेको पाइयो । डाँडाकटेरीमा मारिएका मृतकहरु राजनैतिक बैठकको सन्र्दभमा पक्राउ परेको र दुइ हात पछाडि बाँधी हिडाएर लाँदै गर्दा गोरेटोमा लाइन लगाइ मारिएको पाइयो । माथि वर्णन गरिएका बाहेक अन्य तरिकाबाट गोली चलेको बारे समितिको जानकारीमा आएन । त्यस वारदातमा सुरक्षा फौजको तर्फ कसैको मृत्यु नभउको बुझियो ।

उपरोक्त निष्कर्षबाट हात पछाडी बाँधिएका १९ जना कब्जामा लिइएका व्यत्रिक्तहरुलाई नजिकबाट बन्दुकले गोली प्रहार गरि मारिएको कुरा अन्तराष्ट्रिय मानवीय कानून र खास गरी आन्तरिक प्रकृतीको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्ण रुपमा कब्जामा लिइएका बन्दीहरुलाई संरक्षण गर्नू पर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा कन्भेनसनको साझा धारा ३ को विपरीत भएको पाइयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको प्रतिकूल हुन गएको अनुसन्धान समिति ठहर रहेको छ ।
नोटः –प्रतिवेदनमा उल्लेख गरिएका कतिपय नामहरु निजहरुको अनुरोधमा गोप्य राखिएको छ ।

– प्रतिवेदनमा उल्लेखित अनुसूचिहरु आयोगमा सुरक्षित रहेको छ ।

१. गाउँमा माओवादीहरु आएका छन् र युवराज मोक्तानको घरमा बैठक र माओावादी कार्यकर्ता रामकुमार र संगीताको विवाह हुँदैछ भन्ने हल्ला गाउँमा पहिला देखिनै चलेको पाइयो ।
२.मन्थलीबाट गाल्वाको बाटो हुँदै बिहान सबेरै सेना दोरम्बातिर लागेको र सिभिल ड्रेसमा हतियार लुकाई दोरम्बासम्म आइपुगेको पाइयो ।
३. नेकपा(माओवादी) को बैठक युवराज मोक्तानको घरमा वसेबो र त्यहाँ आफू भित्रका मनमुटाव मिलाउने र संभवत ‘विवाह’ को कार्यक्रम पनि रहेको बुझिन आएको र यो एक माओवादी राजनैतिक कार्यकर्ताहरुको बैठक भएको पाइयो ।
४.घरभित्र भएका १९ जना सबै गिरफ्तारीमा परी पतिल्तिर हातबाँधी करिब ३ घण्टाको उकालो ओरालो बाटो हिडाइएपछि गोरेटोमै लाइनमा लगाएर सबैलाई नजिकैबाट प्रायः टाउकोमा गोली हानी हत्या गरिएको पाइयो ।
५.मृतकहरुको झोला, घडी र अन्य सामाग्री झिकी लाशहरु भिरालो पाखोबाट खसाई एक माथि अर्को गरी धेरैजसो लाशहरु थुप्रोमा भएको विश्वासनिय सूचना पाइयो । निजहरुका झोला, डायरी, कागजातहरु र अन्य करिब १५० मिटर जति पर लगि जलाई दिएको देखियो ।
६. सेनाको नेतृत्वमा भएको संयुक्त सुरक्षा फौजको टोलीको नेतृत्व एक मेजर सहित एक वा एक भन्दा बढी क्याप्टेनले गरेका हुन सक्ने बुझियो ।

७. समितिको निष्कर्ष

दोरम्बा घटनाको अनुसन्धानको क्रममा स्थानीय वासिन्दाको बयान र अनुसन्धान समितिले संकलन गरेको भौतिक प्रमाणको आधारमा १८ माओवादी कार्यकर्ता र दुई गैर माओवादीको हत्या गरिउको र एकको स्थिति अज्ञात रहेको पाइयो (अनुसूचि १४) । मर्नेहरु राजनैतिक भेलामा बसेको बेला समातिएको पाइयो । आफ्नो कब्जामा रहेका निजहरुलाई हात बाँधेकै अवस्थामा नजिकबाट गोली चलाईएको र सोही कारण मृत्यु भएको निश्कर्षमा समिति पुगेको छ । स्थानीय प्रत्यक्षदर्शीहरुको बयान र लाशहरुको शवोत्खनन्मा देखिएका लक्षणहरु मेल खाएको पाइयो । साथै उक्त बयानहरुलाई मृतकहरुको लाश गाडिनु अघिको शरीरिक अवस्थाको तस्बीर तथ शवोत्खनन्को क्रममा खिचिउको तस्बीर र भिडियोले पनि पुष्टि गरेको पाइयो ।

छानविन समितिको स्थलगत अनुसन्धान अनुसार एक जना ‘विवेक’ भनिने टेक वहादुर थापामगर युवराज मोक्तानको घर छेउमा २०६०।४।३२ मा करिब १०ः३० बजे सेनाको गोली लागि मृत्यु भएको र डाँडाकटेरी भन्ने ठाउँमा सोही दिनको २ः३० बजेतिर १९ जनाको मृत्यु भएको पाइयो । मारिएका जम्मा २० व्यक्ति बाहेका एक जना ‘उषा’ भन्ने महिलाको स्थिति अज्ञात रहेको पाइयो । डाँडाकटेरीमा मारिएका मृतकहरु राजनैतिक बैठकको सन्र्दभमा पक्राउ परेको र दुइ हात पछाडि बाँधी हिडाएर लाँदै गर्दा गोरेटोमा लाइन लगाइ मारिएको पाइयो । माथि वर्णन गरिएका बाहेक अन्य तरिकाबाट गोली चलेको बारे समितिको जानकारीमा आएन । त्यस वारदातमा सुरक्षा फौजको तर्फ कसैको मृत्यु नभउको बुझियो ।

उपरोक्त निष्कर्षबाट हात पछाडी बाँधिएका १९ जना कब्जामा लिइएका व्यत्रिक्तहरुलाई नजिकबाट बन्दुकले गोली प्रहार गरि मारिएको कुरा अन्तराष्ट्रिय मानवीय कानून र खास गरी आन्तरिक प्रकृतीको सशस्त्र विवादको समयमा गिरफ्तार गरी पूर्ण रुपमा कब्जामा लिइएका बन्दीहरुलाई संरक्षण गर्नू पर्दछ भन्ने सिद्धान्त रहेको जेनेभा कन्भेनसनको साझा धारा ३ को विपरीत भएको पाइयो । राष्ट्रिय सन्दर्भमा उक्त कार्य नेपाल अधिराज्यको संविधान, सैनिक ऐन, प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनको प्रतिकूल हुन गएको अनुसन्धान समिति ठहर रहेको छ ।
नोटः –प्रतिवेदनमा उल्लेख गरिएका कतिपय नामहरु निजहरुको अनुरोधमा गोप्य राखिएको छ ।
– प्रतिवेदनमा उल्लेखित अनुसूचिहरु आयोगमा सुरक्षित रहेको छ ।