सुटिङको तयारीमा रहेको चलचित्र ‘एमएस धोनी’ ले बल्ल आफ्नो मुख्य महिला पात्र भेटेको छ। भारतिय क्रिकेटर क्याप्टेन महेन्द्र सिंह धोनीको जीवनमा आधारित यो चलचित्रले धोनीको पत्नीको भुमिका निभाउन नायिका भेटेको थिएन। फिल्मका निर्देशक केहि दिन देखि धोनीको पत्नी को भुमिका गर्न सुहाउँदो नायिकाको खोजिमा थिए। निर्देशक निरज पाण्डेको यो खोज नयिका ‘कियारा अदवानी’लाई भेटेपछि समाप्त भएको छ।Kiara-Advani-1

नायिका कियाराले बलिउडमा चलचित्र ‘फग्ली’ देखि आफ्नो करियर सुरु गरेकी थिईन्। फग्लीको सफलता पछि कियारा नयाँ चलचित्रमा काम गर्न उत्सुक छिन्। चलचित्र ‘एमएस धोनी’मा धोनीको पत्नी साक्षीको भुमिका निर्वाह गर्ने मौकाले उनि धेरै खुसी छिन् र चलचित्रमा काम गर्न निकै उत्साहित देखिन्छन्।

एक भारतिय मिडिया अनुसार उनले  फग्ली चलचित्र पछि नयाँ चलचित्रमा राम्रो पात्रको भुमिका निभाउन धेरै समय देखि प्रतिक्षा गरिरहेको र अहिले प्रतिक्षाको मिठो फल प्राप्त गरेको प्रतिक्रिया जनाएका थिए। अहिलेसम्म धोनी वा उनकी पत्नि सँग भेट नभएपनि छिटै भेट्ने आशामा छिन्।

ms dhoni the movieयो भुमिकाको लागि परिनिती चोपडा र कृति सेननसँग पनि कुरा भएको थियो। तर कियारा सबैभन्दा उचित र सुहाउने नायिका भएको निर्देशकले बताएका थिए। निर्देशक निरज पांडेले यो भन्दा अघि ‘अ वेडनसडे’ र ‘स्पेशल-२६’ चलचित्रहरुमा पनि काम गरिसकेका छन्। नायिका कियारा सँगै यस चलचित्रमा धोनीको भुमिका नायक सुशांत सिंह राजपुतले खेल्ने छन्।

यो पनि हेर्नुहोस-

सबैभन्दा बढी बिक्ने खेलाडीको सुचीमा महेन्द्र सिंह धोनी

सिद्धान्त लोहनीको हेलिकोप्टर सट, धोनीसँग तुलना (भिडियो सहित)