१९ भदौ, काठमाडौं ।
धर्म निरपेक्षताको विषयलाई लिएर दलहरुबीच लामो बहस र विवाद भएपनि तीन दल नयाँ संविधानमा धर्म निरपेक्षता नै राख्न सहमति भएका छन् ।

तीन दलद्धारा दर्ता गराइएको संशोधन प्रस्तावमा धर्म निरपेक्षता कायमै राख्ने र थप व्याख्या गर्ने सहमति भएको छ ।

sambidhan bahas

कांग्रेस एमालेले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नु पर्ने पक्षमा रहेपनि अन्तरिम संविधानमा उल्लेख गरिएको विषयलाई चलाउदा थप विवाद हुने भएपछि धर्म निरपेक्षतालाई नचालनउ तीन दल सहमति भएका हुन् ।

तर राप्रपा नेपालले भने हिन्दु राष्ट्र राख्नु पर्ने माग राख्दै आन्दोलन गदै आएको छ ।